झापा क्रीकेट संघमाथी बिना सूचना खेलाडी छनोट गरेको आरोप

झापा / झापा क्रीकेट संघ क्यानले प्रधानमन्त्री रास्ट्रीय क्रीकेट प्रतियोगिताको छनौट खेल जिल्लाका ८ वटा टिम लाई मात्रै समबेश गरेर सूचारु गरेपछि जनस्तरमै गुनासो बढेको छ । जिल्लाका सबै पालिकाहरु बाटै छनौट गरि मात्र टिम तयारी गर्नूपर्नेठाउँमा जिल्ला क्रीकेट बोर्डले आठ वटा क्लवबाट मात्र छनोट गरेर छनौट प्रतियोगिता संचालन गरेपछि गुनासो बढेको हो ।
यो प्रक्रियाले स्थानीय स्तरमा रहेका खेलाडी नपरेको भन्दै खेलप्रेमी तथा सुभचिन्तकहरुले गूनासो गरेका हुन । क्रीकेट संघका पदाधिकारीहरु बिच नै तालमेल नमिलेको कारण यस्तो भएको बुझिएको छ । यस्तो क्रियाकलापले झापामा कृयशिल खेलाडीहरु प्रति गम्भीर असर परेको उनीहरुको गुनासो रहेको छ । ज्ञण् महिना अगाडिको खेल हेरर टिम छनौट गरिएको भन्दै उनीहरुले एकेडेमी भन्दा बाहिरका प्रतिभालाई मूल्यांकन गर्ने अवसर किर्केट सघ झापाले नदिएको खेलाडी तथा सुभचिन्तकहरुले आरोप लगाएका छन ।
नेपाली क्रीकेट फ्यान नामक संस्थाका पदाधिकारी सूमीर  न्यौपानेले भने हाम्रो किर्केट संस्था ncss  लाई पनि जानकारी नदीई गरीएको छनौट प्रक्रियाको कूनै औचित्य छैन यस्तो तरिकाले झापामा किर्केटको बिनास हून्छ। त्यस्तै स-साना गल्तीले गर्दा नै नेपाली किर्केटको अन्तराष्ट्रिय म्याचमा नतिजाराम्रो नआएको अमित चुडालले बताए। यता क्रीकेट संघ झापाले भने प्रक्रिया पूरा गरेरै खेलाडी छनौट गरिएको दाबी गरेको छ । संघले अहिलेका आठ वटा क्लवले नै रास्ट्रीय लिग खेल्ने र यि आठ टिममा सम्पूर्ण झापाका सबै खेलाडी समेटिएको जनाएको छ ।
यही पौष १० देखि हूने प्रधानमन्त्री महिला तथा पूरूष क्रीकेट प्रतियोगिताका लागि क्यानले तयारी अनूरूप ३९ जिल्लाबाट पुरुष र २३ जना महिला प्रतियोगीता छनोट क्यापको लागि आग्रह गरीएको थियो । क्यानले आग्रह गरे बमोजिम मंसिर २१ भित्र उल्लेखित जििल्ला  बाट छनोट भइ आगमी पौष ७ गते भित्रमा प्रदेश बाट समेत छनोट गरिसक्नु पर्ने छ ।

आइतबार, २१ मंसिर, २०७७, दिउँसोको ०४:४२ बजे

सम्बन्धित खवर