झापाको कमल गाउँपालिकामा आलु महोत्सवको तयारी

बैकल्पिक खवर

दमक / झापाको कमल गाउँपालिकाले यस बर्ष पनि कृषि मेलाको आयोजना गर्ने भएको छ । संघीयता कार्यान्वयसँगै स्थानीय सरकार आए पछि कृषि क्षेत्रको विकासमा प्रवर्धन गर्ने उदेश्यले बर्षेनी गर्दै आएको मेला यस बर्ष अझ स्तरीय ढंगले गर्ने तयारी गरिएको कृषि शाखाका प्राविधिक प्रेमप्रसाद पोखरेलले बताउनु भयो ।
विगत बर्षमा मेला मात्रै गरिए पनि यस बषै आलु व्लक संचालनले गर्दा झापामा पहिलो पटक आलु महोत्सव गर्ने तयारी समेत गरेको आईपीएम कृषि सहरकारी संस्था तथा आलु व्लकका अध्यक्ष यामबहादुर राईले बताउनु भयो । महोत्सव एक दिने झापाको पुरानो राणकालीन ऐतिहासिक क्याम्पा बजारमा माघ २७ गते हुने भएको गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले बताउनु भयो ।
बर्षेनी गर्दै आएको पालिका स्तरीय यस्ता कार्याक्रमले किसानलाई धेरै हौसल्ला, प्रेरणा, ज्ञान र सीपको आदान प्रदान समेत हुने गरेको पटक पटक उत्कृष्ट किसान छनौट हुनु भएका कमल गाउँपालिका वडा नं. १ का किसान लोकबहादुर पाण्डेले बताउनु भयो । यस बर्ष महोत्सवमा रैथाने र लोपोन्मुखबालीका परिकार समेत बनाउने तयारी गरिएको छ ।

आइतबार, २५ माघ, २०७७, दिउँसोको ०२:०२ बजे

सम्बन्धित खवर