बलात्कार पीडितलाई उट्पट्याङ प्रश्न सोध्दा न्यायाधीशलाई नै सजाय

२३ चैत, २०७५ एजेन्सी /  कुनै पनि न्यायाधीशलाई सजाय सुनाउने घटना विश्वमै निक्कै दुर्लभ कुरा हो । अमेरिकाको न्यूजर्सीको एक आचार संहिता समितिले एक न्यायाधीशलाई तीन महिनाका लागि बिना तलब निलम्बन गर्न सर्वोच्च अदालतलाई सिफारिश गरेको छ । उत्तरी न्यूजर्सीको अदालतको न्यायाधीश जोन रुसोले एक महिलालाई यौन शोषणबाट बच्नका लागि आफ्नो खुट्टा छोप्न सक्छौ जस्ता प्रश्न गरेको पाइएपछि आचार संहिता समितिले सो सिफारिश गरेको हो । सन् २०१७ देखि रुसो प्रशासनिक अवकाशमा छन् । सन् २०१६ मा न्यायाधीश रुसोका अगाडी यी बलात्कार पीडित महिला पेश भएकी थिइन् । न्यायाधीशले बलात्कारीलाई कुनै पनि विशेष कार्य गर्न नदिन अस्थाई समयका लागि प्रतिबन्ध लगाउने आदेश दिएका थिए । आरोप–प्रत्यारोपका दौरानको एक प्रतिलिपीअनुसार, जब महिलाले त्यस पुरुषसँग आफ्नो सामना भएको बताइन्, तब ती न्यायाधीशले महिलालाई सोधे, ‘के तपाईलाई थाहा छ, कुनै पनि व्यक्तिलाई आफूसँग सम्भोग गर्नबाट कसरी रोक्न सकिन्छ ?’ जब महिलाले छ भन्ने जवाफ दिइन्, तब न्यायाधीशले फेरी ‘के तिमीले आफ्नो खुट्टा छोप्यौँ ? प्रहरीलाई बोलायौँ ? के तिमीले यीमध्ये कुनै काम गर्यौँ ? जस्ता प्रश्न गरे । अदालतको प्रक्रिया र सुनुवाईका दौरान, रुसोले न्यायिक नियमहरुको उल्लंघन गरे । यद्यपि, अझ बढी जानकारी पाउन चाहेको र महिलालाई अपमानित गर्ने कोशिस नगरेको रुसोको भनाई छ । आचार समितिले भनेको छ, ‘रुसोको व्यवहार असभ्य र अनुचित मात्रै थिएन, पीडितलाई ती प्रश्न सोध्नु गलत थियो ।’ जुलाईमा यस मुद्दाको अन्तिम सुनुवाई हुनेछ र रुसोले प्यानलको सिफारिशमाथि प्रतिक्रिया दिने मौका मिल्ने छ ।

आइतबार, २४ चैत, २०७५, बिहानको ०९:४१ बजे

सम्बन्धित खवर