सर्वहाराका नेता हेलिकोप्टर चढेर उम्मेदवारी दर्ता

काठमाडौं,बैशाख २४,

गृहमन्त्री रामबहादुर थापा हेलिकोप्टर चढेर राष्ट्रियसभा सदस्यको उम्मेदवारी दिन वागमती प्रदेशको सदरमुकाम हेटौंडा पुगेका छन् । डीआईजी कार्यालयमा हेलिकोप्टरबाट ओर्लिएर उनी त्यहाँबाट निर्वाचन कार्यालयमा पुगेका छन् ।
गृहमन्त्री थापाका प्रतिद्वन्द्वी डा. खिमलाल देवकोटाले पनि उम्मेदवारी दर्ता गरिसकेका छन् ।

शुक्रबार, २४ बैशाख, २०७८, दिउँसोको १२:३८ बजे

सम्बन्धित खवर