एभरेष्ट फनपार्कमा बालिका बलात्कार गर्ने दमकका दुर्गा पौडेल रहेको खुलासा

बैकल्पिक खवर

उर्लाबारी/ उर्लाबारीको एभरेष्ट फनपार्कमा १२ वर्षीया बालिकालाई बलात्कार गर्ने ब्यक्तिको पहिचान भएको छ । ती ब्यक्ति दमक निवासी दुर्गा पौडेल भएको खुल्न आएको छ । यद्यपि उनको उमेर र वार्ड नम्बर खुलेको छैन । पौडेलले बालिका लाई गत बैशाख ९ गते र १९ गते फरक÷फरक समयमा बालिकालाई फनपार्कको रुममा करणी गरेको बताइएको छ ।
घटनाको अनुसन्धान भइरहेको जनाउदै विस्तृत जानकारी दिन उर्लाबारी प्रहरीले आनाकानी गरेको छ ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक राजाराम खड्काले भने–‘आरोपी फरार रहेकोले सबै विवरण नखुलाइएको हो ।’ यद्यपि आरोपीलाई पीडितको जाहेरी अनुसार करणी सम्बन्धी कसुर मुद्दा दर्ता गरिएको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इन्सपेक्टर खड्काले बताए ।
बालिकालाई फनपार्कको कोठामा लगेर जबरजस्ती करणी गरेको पीडित परिवारको भनाई छ ।
मुलुकी अपराध संहिता २०७४ मा कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जवर्जस्ती करणी गरेको मानिनेछ ।
दश वर्ष वा दश वर्षभन्दा बढी चौध वर्षभन्दा कम उमेरकी बालिका भए अठार वर्षदखि बीस वर्षसम्म दोषीलाई कैद सजाय हुनेछ । श्रोत – उर्लााबारी पेज डटकम

शुक्रबार, २४ बैशाख, २०७८, दिउँसोको ०३:४८ बजे

सम्बन्धित खवर