बालिका बलात्कार घटनामा आफुहरुको सङ्लग्नता नरहेको अध्यक्ष श्रेष्ठको प्रस्टोक्ती

बैकल्पिक खवर

उर्लाबारी / मोरङको उर्लाबारी–८ दुर्गापुरीस्थित एभरेष्ट फन पार्कका अध्यक्ष तुलसी श्रेष्ठले १२ वर्षीया बालिका बलात्कृत घटनाको विषयमा आफुहरुको सङ्लग्नता नरहेको स्पष्ट पारेका छन् ।

विभिन्न अनलाइनमा पार्ककै सञ्चालकको मिलोमतोमा बलात्कारका अभियुक्त फरार भएको समाचार आएपछि अध्यक्ष श्रेष्ठले मिलोमतो नभएको स्पष्ट पारेका हुन् । दमकका दुर्गा पौडेलले बैशाख ९ गते र १९ गते पार्कमा १२ बर्षीया बालिका ल्याएको र सोही अनुसारको जानकारी प्रहरीलाई दिएको अध्यक्ष श्रेष्ठले प्रष्ट पार्नुभयो । संचारकर्मीहरु सङ कुराकानी गर्दै अध्यक्ष श्रेष्ठले उक्त घटनामा पार्कका सञ्चालकहरुको कुनै मितोमतो नभएको र घटनाको छानविन गरी दोषीलाई कार्वाहीको पक्षमा रहेको जानकारी दिनुभयो ।

शुक्रबार, २४ बैशाख, २०७८, दिउँसोको ०४:२९ बजे

सम्बन्धित खवर