झापामा १३५ संक्रमित, थप दुई संक्रमितको निधन

बैशाख २४, दमक / झापामा शुक्रबार १३५ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य कार्यालयले दिएको जानकारीमा शुक्रबार ५४ महिला र ८१ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

शुक्रबारका संक्रमितहरुमा बिर्तामोड २५, दमक र कनकाई २०/२०, भद्रपुर १७, मेचीनगर र गौरादहमा ९/९ जना, कमलमा ७, हल्दिबारी र बुद्धशान्तिमा ६/६ जना रहेका छन् ।

त्यस्तै अर्जुनधारा ५, शिवसताक्षी ४, बाह्रदशी र कचनकबल २/२ जना र ठेगाना नखुलेका ३ जना रहेका छन् ।

झापामा थप दुई कोरोना संक्रमितको निधन भएको छ । दमक ३ की ३१ बर्षीय महिला र गौरादह ४ का ५० बर्षीय महिला रहेको कार्यालयले जनाएको छ । झापामा कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार २०३ पुग्दा १४६ जनाले ज्यान गुमाएका छन् ।

शुक्रबार, २४ बैशाख, २०७८, साँझको ०६:३४ बजे

सम्बन्धित खवर