पौस्टिक आहार सहित संक्रमितको घर-घरमा हल्दिवारीका जनप्रतिनिधि

बैकल्पिक खवर

झापाको हल्दिबारी गाउँपालिकाका जनप्रतिनिधि कोरोना संक्रमीत बिरामीहरुको घर- घरमा पुग्ने गरेका छन ।गाउँपाकिका उपाध्यक्षको पहलमा जनप्रतिनिधि र स्वास्थकर्मी  सहितको टोलिले आवस्यक पौस्टिक खाद्य सामाग्री लिएर बिरामीहरुको घरमै जाने र बिरामीहरु लाई आवस्यक हौसला दिने गरेको छ।

निषेधाज्ञा र कोरोना संक्रमण बिच पनि गाउँपालिकाले बिकास निर्माणको कार्यलाई पनि तिव्रगतिमा अगाडि बढाइ रहेको छ । यो विषम परिस्थितिमा जनप्रतिनिधि र स्वास्थ्यकर्मी संक्रमित हरुको घर आगानमा पुग्ने , फोन गरेर स्वास्थ्य अवस्था बुझ्ने जस्ता कार्य निरन्तर भइरहेको छ। यो जटिल परिस्थितिमा पनि कोरोना संक्रमितको घरघरमा औषधी र पोष्टिक आहार लिएर जनप्रतिनिधि र स्वास्थ्यकर्मी पुग्ने गरेका छन। झापाको दक्षिणि भेगमा रहेको हल्दीबारी गाउँमा कार्यपालिकाको जेठ-५ को निर्णय वमोजिम गाउँपालिका क्षेत्रमा कोरोना भाइरसको संक्रमणसंग लडिरहेका व्यक्तिहरुलाई औषधि र पोषिलो खानेकुराको प्याकेज वितरण भइरहेको हो ।                         

कोरोना संक्रमित जनता को घर घर मा पुगेर
जनप्रतिनिधि , स्वास्थ्यकर्मीहरु ले हौसला बढाउन लाई चना,किसमिस,हाडे- बदाम, काजु, च्यावनप्रास,छोकडा,बदाम , हनि र औषधि लिएर संक्रमितको घर पुगेको गाउँपालिका का प्रवक्ता सागर पोर्तेल ले जानकारी दिए ।

हल्दिबारीमा पिसिआर र एनटिजेन चेक अफ पनि निशुल्क भइ रहेको छ । कहिले घुम्ती कार्यक्रम आयोजना गरेर त कहिले स्वास्थ्य चौकि हरु मा स्वाव संकलन भइरहेको र स्वास्थ्यकर्मीहरु सक्रिय साथ उपचार हेरचाह मा लागेको स्वास्थशाखा प्रमुख पुष्कर निरौला ले जानकारी दिए ।

हल्दिबारी गाउँपालिका मा जम्मा २९ जना जनप्रतिनिधि निर्वाचित भएका हुन ।जसमा १८ जना नेकपा एमाले , ६ जना राप्रपा ,४ जना माओवादी र १ जना कांग्रेस बाट निर्वाचित भएका छन।

सोमबार, २४ जेठ, २०७८, बिहानको ०९:२१ बजे

सम्बन्धित खवर