झापाका दुई विद्यालय भवन शिलान्यास

दमक, २४ जेठ /  झापाका दुई सामुदायिक विद्यालय भवनको आज प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन् ।

झापाको दमकमा रहेका दुई सामुदायिक विद्यालय भवनको आज भर्चुअल रुपमा शिलान्यास बालुवाटारबाटै शिलन्यास गरेको हुन् ।

प्रधानमन्त्री ओलीले दमक नगरपालिका–२ स्थित हिमालय मावि र दमक–३ मा रहेको ढुकुरपानी मावि भनव निर्माणका लागि शिलान्यास गरे ।

दमक नगरपालिका मार्फत खर्च हुने गरी २ विद्यालयको भौतिक पूर्वाधार विकासका लागि ११ करोड रुपैयाा बजेट संघीय सरकारबाट दिइएको छ ।

सोमबार, २४ जेठ, २०७८, रातीको ०९:५४ बजे

सम्बन्धित खवर