जलवायु परिवर्तनका कारण मानवीय स्वास्थ्य संकटमा

केदार कार्की

जलवायु परिवर्तनको सबैभन्दा नराम्रो असर एसीयाली क्षेत्रमा पर्नेछ । किनकी धेरै जसो देशहरुको अर्थ व्यवसाय कृषि तथा प्राकृतिक संसाधनहरुमा निर्भर गर्दछ । यस्तोमा नेपाल जस्तो देशहरुलाई जलवायु परिवर्तनलाई लिएर बढी सचेत हुन आवश्यक छ । मानव शरीर रुपी मेशीनलाई प्राकृतिक रुपमा चल्नका लागि धर्ती तत्व, जल तत्व, अग्नी तत्व वायुतत्व रुपी जाँच पाँच तत्वहरुलाई सन्तुलित गर्नुपर्ने आवश्यकता छ । यी तत्वहरुको असन्तुलनले मानिसको शरीरमा रोग व्याधीहरु उत्पन्न गराउँछ । जलवायु बारे जब हामी कुरा गर्छौ यसमा मुख्य रुपले दुइ तत्व मुख्य मानिन्छ पहिलो जल दोश्रो वायु । यी दुई तत्वहरुको सन्तुलित रहनु मानव स्वास्थ्यको लागि अति आवश्यक छ ।
बैश्वीक स्तरमा जलवायु परिवर्तनबाट हुन सक्ने खत्राहरु महशुस हुन थालेको छ । विचार गर्ने हो भने परिवर्तन एउटा सार्वभौमीक सत्य हो । चिन्ता र चिन्तनको कुरा त्यतिबेला शुरु हुन्छ जब कुनै पनि अप्राकृतिक सिमा नाघि सकेको जस्तो छ र मानवीय जीवन चक्र जोखिममा परेको छ । नयाँ नयाँ रोगहरुले जन्म लिदै छ ।
जो पहिलेदेखि थिए तीनको पनि बैश्वीक प्रशारण हुँदै छ । वास्तवमा जलवायु कुनै क्षेत्र विशेषको प्रार्श्चित्र हुने गर्दछ । यो त्यस क्षेत्रको मौसममा सामान्य परिवर्तन, अवस्था र त्रुटिहरुको चक्रको अवस्थाहरुको योग मानिन्छ । यदि हामी पृथ्वीको कुरा गर्छौ भने यसलाई हामी सात जलवायु प्रदेशहरुमा वाड्न सक्तछौं । यी प्रदेशहरुको जलवायुको स्थितिलाई बुझेपछि यो थाहा हुन्छ कि प्रत्येक जलवायु प्रदेशको तापमान एवं वर्षाको उपलब्धतामा अन्तर हुने गर्दछ । यहि फरकले उनीहरुलाई एकअर्काबाट फरक पार्छ । यी प्रदेशहरुको स्वभाविक प्रकृतिमा असन्तुलित भएको अवस्थामा यहाँका वासिन्दामा धेरै किसिमका रोग व्याधि सँग जुध्नु पर्ने स्थिति उत्पन्न हुन्छ ।

जलवायु परिवर्तन एवं जनस्वास्थ्य –
जलवायु परिवर्तन सिधा असर मानिसको स्वास्थ्यमा पर्दछ । जलवायु परिवर्तनबारे अन्तर सरकारी समुहले इ.सं. २००१ मा २१ सौं शताब्दीमा यसको प्रभावलाई लिएर केहि आशंका गरेको छ । यस प्रतिवेदनमा केहि प्रमुख तथ्यबारे ध्यान आकृष्ट गराएको थियो । जलवायु परिवर्तनका कारणले तापमानमा वृद्धि हुन्छ र बाप्पीकरणको सन्तुलन खराब हुन्छ र हाम्रो माटोको आद्रता असन्तुलित हुने गर्दछ । यसको परिणामस्वरुप हामीलाई खडेरीको प्रकोप व्यहोर्न पर्छ । यदि यो स्थिति निरन्तर भई रह्यो भने माटो मरुस्थलमा परिणत हुनेछ ।

माटो बाँझो हुनेछ अर्थात् हामीसँग भोज्य पदार्थहरु उत्पादनका लागि प्रर्याप्त भुमी बच्ने छैन र हामी भोक कुपोषणको सिकार भई ज्यान गुमाउनु पर्नेछ । यद्यपि यो स्थिति आज पनि छ तर जलवायु परिवर्तनका कारण यसको स्वरुप अरु विकराल हुन सक्तछ । यति मात्र हैन काउँसील अन एनर्जी एन्भार्यर्नमेट एण्ड वाटरद्वारा जारी एक अनुसन्धानमा यो भनिएको छ कि बैश्वीक तापमान वृद्धिबाट उत्पन्न हुने विषयहरुको युद्धस्तरमा निवारण गरिएन भने २०५० सम्म गहुँ, धान र मकैको २०० अरब डलरको उत्पादनको नोक्सानी हुनेछ ।

शोध पत्रिका नेचरमा प्रकासित आफ्नो अनुसन्धानमा मिसेल कोप्पसले लेखेकी छिन कि अंटार्क्टिकाको तुलनामा पेटागोनियामा ग्लेशीयर १०० देखि १०० गुणा तेजीले अपक्षरित भएका छन द्रुत गतिबाट बढिरहेको ग्लेशीयर अनुप्रवाहले उपत्यका तथा महाद्विपिय समतलमा धेरै पानी जम्मा गर्नेछ । माछापालन, बाधहरु तथा पर्वतीय इलाकाहरुमा बसोबास गर्ने मानिसहरुका लागि पिउने पानी उपलब्धतामा यसको प्रभावको सम्भावना बढ्ने छ । त्यस्तै एसियाली विकास बैंकले अनुमान गरेको छ कि यस सदिको अन्तसम्म समुद्री इलाकामा बसोबास गर्ने जनसमुदायहरुको जीवन जोखिममा पर्न सक्ने छ । इन्डोनेशिया थाइलैण्ड जस्ता देशले आफ्नो सकल घरेलु उत्पादनको ६.७ प्रतिशत आर्थिक क्षति व्यहोर्नु पर्नेछ । त्यहि बैश्वीक घरेलु उत्पादनको स्तरमा यसै बेला २.६ प्रतिशतको नोक्सानी व्यहोर्नु पर्नेछ ।

मानव स्वास्थ्यमा बढ्दो खत्रा
अमेरीकि मेटरलोजीकलको बुलेटिनमा विशेष परिशिष्ट रुपमा प्रकासित स्टेट अफ द ल्काइमेट इन इ.स. २०१४ नामक प्रतिवेदन अनुसार वर्ष २०१४ यस सताब्दीको सबैभन्दा तातो वर्ष रहेको थियो कुल ५८ देशका ४१३ बैज्ञानिकहरुको संलग्नतामा यो प्रतिवेदन तयार गरिएको थियो । नेश्नल रिकोर्डले सन् १९०१ देखि लिएर अहिले सम्म अभिलेख गरिएको तथ्याङ्कहरुमा इ.स. २०१४ सबै भन्दा बढि गर्मी भएको वर्ष भएको तथ्य हाम्रो सामु थियो । इ.स. २०१४ अनुभव गरिएको थियो ।

जलवायु परिवर्तनको भयावताहा र यसको स्वास्थ्यमा पर्ने असरको बारे ध्यान आकृष्ट गर्दै विश्व स्वास्थय संगठनको जनस्वास्थ्य पर्यावरण तथा सामाजिक गुणस्तर विभागले लेखेको छ कि “विश्व यदि यसै गतिमा हिड्दै रहयो भने आउँदो ८० वर्षहरुमा सतहको तापमानमा ४ डिग्री सेल्सीयस सम्मको वृद्धिको आशंका छ । जसका कारण हजारौंका संख्यामा मानिसहरुले गर्मीसँग सम्बन्धित रोग व्याधीहरुसँग जुध्न बाध्य भए र आउने समयमा हामीले यस भन्दा बढी तातो हावा सँग जुध्नु पर्नेछ । समुद्री आन्धी चक्रवात बाढी जंगलमा हुने डढेलो जस्ता जलवायु परिवर्त्निय कारकहरुले पहिले नै पश्चिमी संयुक्त राष्ट्रमा ८० लाख एकड भन्दा बढी जमिनमा क्षती गरी सकेको छ र अझै स्थिति अरु विग्रने सम्भावना छ ।

खडेरीको बेला हामीले अझै कुपोषण सँग जुध्नु पर्ने हुन्छ र बाढीले हामीलाई भोजन दिन बालीलाई नष्ट गर्नेछ । जलवायु परिवर्तनले अब आउने दिनमा मलेरिया डेंगु र अन्य संक्रमण रोगको वाहक बन्ने छ । जलवायु परिवर्तनका कारण हुने मृत्युमा मलेरीयाका योगदान सबैभन्दा बढी हुनेछ ।” जलवायु परिवर्तनले स्वास्थ्यमा पर्न सक्ने दुष्परिणामहरुलाई रेखाङ्कित गर्दै लासेट कमिशन अन हेल्थ एण्ड कलाइमेट चेन्ज २०१५ ले आफ्नो प्रतिवेदनमा भनेको छ कि जलवायु परिवर्तनबाट ९ अरब मानिसहरुको बैश्वीक आवादीको लागि पछिल्लो आधा शताब्दीमा प्राप्त विकास तथा बैश्वीक स्वास्थ्य सम्बन्धि लाभनष्ट हुने खत्रा छ । प्रतिवेदनका अनुसार जलवायु परिवर्तनको स्वास्थ्यमा सिधा प्रभाव मौसमका कतिपय घटनाहरु खास गरी लु, बाढी, खडेरी र आंधीको बढ्दो प्रवृत्ति र तीब्रताको कारणले परी राखेको छ । यसमा भनिएको छ कि संक्रामक रोगहरुको स्वरुपमा परिवर्तन वायु प्रदुषण खाद्य असुरक्षा र कुपोषण अनैकछिक विस्थापन र संघर्षहरुबाट अप्रत्यक्ष प्रभाव पनि परी राखेको छ ।

जलवायु परिवर्तनका कारण जलजनित रोगहरुबाट पुरा विश्व परेसान छ । विश्व स्वास्थ्य संगठनका अनुसार ७४ करोड आड लाख मानिस इ.स. २०१२ सम्म असंशोधित जलश्रोतको भरोसामा आफ्नो जीवन चलाई राखेका छन् । २५ अरब मानिस २०१२ सम्म स्वच्छता सुविधाहरुको अभावमा बाँचेका छन् । २०१२ सम्म खुल्ला ठाउँमा सोच गर्नेको संख्या १ अरब भन्दा बढी छ । तापमान तथा समुद्री तह बढ्नाले बाढी जलभरावका कारण खानेपानीमा रसायनिक अपशिष्टहरुका समिश्राणका कारण जलजनित रोगहरु हुने आशंका बन्ने सम्भावना छ । वाइल्डलाइफ कन्र्जवेशन सोसाइटिको प्रतिवेदनमा भनिएको छ बर्डफ्लु कोलेरा इवोला प्लेग तथा ट्युवरकलोसीस जस्ता रोगहरु जलवायु परिवर्तनका कारण धेरै छिटो फैलिने छ ।

यसको भयावहतालाई दर्शाउँदै अभिलेखमा भनिएको छ जसरी युरोपमा १४ औं शताब्दीमा ब्लैकडेथाल्पेष्का कारण एक तीहाई मानिसहरुको मृत्यु भएको थियो तथा फ्लु पानडेमीकबाट इ.स. १९१८ मा बैश्वीक स्तरमा २ करोड देखि ४ करोड मानिसको मृत्यु भएको थियो जसमा अमेरीकामा मात्र एक्ले ५ लाख देखि ६ लाख ७५ हजार भन्दा बढी मानिस मरेका थिए । जलवायु परिवर्तको यहि रफतार रहयो भने यस खाले रोगहरुबाट यस भन्दा बढी मृत्यु हुने आशंका गर्न सकिन्छ ।

एकतीरबाट हेर्ने हो भने शरीरमा हुने तमाम किसिमका व्याधिहरुको प्रत्यक्ष अथवा अप्रत्यक्ष संलग्नता ग्लोवल वार्मिङ्ग सँग देखिन्छ । जलवायु परिवर्तन तथा मानवीय स्वास्थ्य माथी उपरोक्त चर्चामा यी रोगहरु भन्दा फारक भन्दा धेरै रोगहरुको चर्चा हुने गर्दछ । जलवायु परिवर्तनबाट कसरी रोगहरु घातक हुने छन् यसको आंकलन यीनीहरुको वर्तमान स्थितिबाट लगाउन सकिन्छ । मलेरीयाले पुरै विश्वको अगाडी चुनौति पेश गरेको छ । विश्वका ९७ देशहरुका ३.२ अरब मानिसहरु १.२ अरब मानिसहरुमा मलेरीया हुन सक्ने आशंका छ । विश्व स्वास्थ्य संगठन द्वारा जारी विश्व मलेरीया प्रतिवेदन सभा मलेरीयाको लक्षण पाइएको थियो । यस रोगबाट ५ लाख ८४ हजार मानिसहरुको मृत्यु भयो ।

मलेरीयाबाट मृत्यु मध्ये ९० प्रतिशत मृत्यु अफ्रिकी देशहरुमा भएको तथ्य भेटिन्छ । मलेरीया मुक्त क्षेत्र मात्र ११ प्रतिशत छ, भन्नुको अर्थ यो छ कि ८९ प्रतिशत मानिस मलेरीया प्रभावित क्षेत्रमा बसोबास गर्दछन । वैज्ञानिक तथ्यका आधारमा धेरै मजवुतिका साथ भन्न सकिन्छ कि जलवायु परिवर्तनका कारण स्वास्थ्यमा धेरै नराम्रो असर परी राखेको छ । डेंगु र मलेरीया जस्ता रोगहरुका प्रभाव क्षेत्र बढ्दै गएको छ । हाम्रो आफ्नो परिवेशमा दार्चुलामा डेंगु देखिनुले पनि पुष्टि गर्दछ । विश्व स्वास्थ्य संगठनको अनुमान अनुसार प्रत्येक वर्ष १,५०,००० मानिसहरुको मृत्यु जलवायु परिवर्तनको कारण भई राखेको छ । कालाजार लिस्मेनीयसीस रोगहरुको एउटा समुह मानिन्छ । पोथी फिलो बोटोमाइन सैन्ड फलाइले टोकनाले मानिसमा यसको संक्रमण फैलिन्छ ।

यसका मुख्य तीन प्रकार हुन्छन् । विससेरल जसलाई हामी कालाजारका रुपमा जान्दछौ यो यस रोगको सबैभन्दा गम्भीर रुप मानिन्छ । कयुटानियस म्युको कयुटानीयस रुप सामान्य खाले मानिन्छ । यो रोगले मुख्यतः अफ्रिका एसीया तथा लैटिन अमेरीकाका आवादीलाई प्रभावित गर्दछ । साथै यसको प्रत्यक्ष सम्बन्ध कुपोषण, विस्थापन कमजोर आवशीय व्यवस्था कमजोर पाँचन शक्ति तथा श्रोत संसाधनहरुको उपलब्धता सँग सम्बन्धीत छ । नयाँ तथ्याङ्कका अनुसार विश्वका ९८ देशहरुमा यो रोग पाइएको छ । प्रत्येक वर्ष २ लाख देखि ४ लाख नयाँ रोगी थपिदै छन भने गम्भीर रुपमा कालाजारबाट पिडितहरुको संख्या ७ लाख देखि १२ लाखको छेउ छाउ छ । जसमा ९० प्रतिशत कालाजारका बिरामीहरु मात्र बंग्लादेश, ब्राजिल, इथिपियाँ, भारत, नेपाल, दक्षिणी सुडान र सुडानमा छन । हाथी पाइले रोगबाट विश्वका ७३ देश प्रभावित छन पुरै विश्वमा १ अरब ३० लाख ३० हजार मानिसहरुलाई यस रोगबाट बचाउनको लागि सुरक्षा उपचार गर्न आवश्यक देखिन्छ । अफ्रिका दक्षिण पूर्व एसियाका समुद्री तटिय क्षेत्रहरुका ९४ प्र.श मानिसहरु यस रोगको परिक्षेत्रमा बसोबास गर्दछन् । जसलाई यो रोगबाट बचाउन औषधि उपलब्ध गराउन अति आवश्यक छ । यीनको संख्या ७० करोड एक लाख छ जसमध्ये ५७ प्रतिशत दक्षिण पूर्व एसीयामा तथा ४७ करोड २ लाख अफ्रिकी क्षेत्रमा बसोबास गर्ने जनसमुदायमा यस रोगको प्रशारणको आशंका बढ्दै गएको छ । सिस्टोसोमीएस विश्वका ७८ देशमा यसको प्रभाव छ । यस रोगबाट बच्नका लागि ५२ देशका २६ करोड २० लाख मानिसलाई बचाउन औषधि उपचार गर्नुपर्ने आवश्यकता छ जसमध्ये १२ करोड १२ लाख विद्यायल जाने केटाकेटी पर्दछन् ।

जलवायु परिवर्तन स्वास्थ्य अनि गरिबी
जलवायु परिवर्तनको मार सबैभन्दा बढी गरिब मानिसमा पर्दछ । पहिलेबाट नै खाद्य एवं आवासको समस्याबाट जुधि रहेको जनसमुदायका लागि जलवायु परिवर्तन र यसको प्रभाव त्रासदपूर्ण मानिन्छ । यसो त समाज शास्त्रीहरुको कुरा मान्ने हो भने गरीबि आफैमा रोगहरुको पर्यावाची मानिन्छ । विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार दक्षिण एसीया परिक्षेत्रमा पुरै विश्वको २६ प्रतिशत जनसंख्या बसोबास गर्छ जहाँ विश्वका ३० प्रतिशत गरीब छन् । जनसंख्याको अधिकताका कारण यस परिक्षेत्रमा जलवायु परिवर्तनको असर धेरै नै आपदाकारी हुन सक्ने छ । यो परिक्षेत्र पहिले नै संक्रामक रोको त्रासका कारण थिए । यस क्षेत्रमा १ करोड ४० लाखको मृत्युको कारण जलवायु परिवर्तन हुनेछ । जसमा ४० प्रतिशत मृत्युका लागि संक्रामक रोगहरु जिम्मेवार हुनेछन । इ.स. २०१५ को विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार ५ वर्ष भन्दा कम उमेर केटाकेटीहरुको मृत्यु दरमा ८३ प्रतिशत केटा केटीहरुको मृत्यु संक्राम रोगका कारण भइ रहेको छ । मौसममा ठुलो स्तरमा हुने परिवर्तन जस्तै चक्रपात तथा बाढी आउने स्थितिमा झाडापखाला जस्ता रोगका लागि अनुकुल हुने गर्दछ ।

निष्कर्ष
जलवायु परिवर्तनको असर एसियाको क्षेत्रमा पर्नेछ किनभने धेरै जसो देशहरुको अर्थ व्यवसाय कृषि तथा प्राकृतिक संसाधनहरुमा आश्रीत हुने गर्छ । यस्तोमा नेपाल जस्तो देशले जलवायु परिवर्तनलाई लिएर ज्यादा सचेत रहन आवश्यक छ । मानव शरीर रुपी यन्त्रलाई प्राकृतिक रुपमा चल्नका लागि धर्ती तत्व, जल तत्व, आग तत्व, आकास तत्व र वायु तत्व रुपी पाँच तत्वलाई सन्तुलित गर्नुपर्ने आवश्यकता पर्दछ । यी तत्वहरुको असन्तुलनले मानिसको शरीरमा व्याधिहरु उत्पन्न हुन्छन । जलवायुको जब हामी कुरा गर्छौ भने यसमा रुपबाट दुई तत्वहरुको कुरा हुन्छ । पहिलो जल अर्को बायु । यी दुवै तत्वको सन्तुलन हुनु मानव स्वास्थ्यको लागि अति आवश्यक मानिन्छ । हामी आशा भर्खरै पोल्याण्डमा सम्पन्न सम्मेलनमा उपस्थित राष्ट्रहरुले तापमान बृद्धि रोक्ने उपायहरु इन्धनमा कटौती उर्जा उपयोग प्रदुषण नियन्त्रणका नविन प्रविधि जस्ता तमाम विषयमा अवश्य नै ध्यान पु¥याएका होलान । यी प्रश्नहरुको उत्तरमा नै जलवायु परिवर्तनबाट हुन सक्ने प्रलय रोक्न र बैश्वीक स्वास्थ्य रक्षाको सुत्र लुकेको हुन सक्छ ।

शुक्रबार, २४ जेठ, २०७६, दिउँसोको १२:१४ बजे

सम्बन्धित खवर