टाइब्रेकरमा स्पेन स्तब्ध, इटाली युरोकपको फाइनलमा

काठमाडौं ,असार २३/   टाइब्रेकरमा स्पेनलाई ४–२ ले स्तब्ध पार्दै इटालीले युरोकप फुटबलको फाइनलमा स्थान बनाएको छ । स्पेनबाट अल्भारो मोराटा र डेनी ओल्मोले हानेको पेनाल्टी मिस भएसँगै सो टीम सेमिफाइनलबाटै घर फर्किन बाध्य भयो ।
यता इटालीबाट म्यानुअल लोकाटेल्लीबाहेक अन्य सबै चार खेलाडीले टाइब्रेकरमा गोल गरे ।
यसअघि निर्धारित र अतिरिक्त समयमा दुबै टोलीबीच एक–एक गोलको बराबरी भएको थियो । लण्डनस्थित बिम्बली रंगशालामा बुधबार बिहान सम्पन्न खेलमा इटालीलाई फेडरिको चिसाले खेलको ६० मिनेटमा अग्रता दिलाएका थिए भने ८० मिनेटमा अल्भारो मोराटाले स्पेनबाट बराबरी गोल फर्काएका थिए ।

१९६८ को युरो विजेता इटाली पछिल्लोपटक २०१२ को युरोकपमा फाइनलमा पुगेको थियो । त्यस, प्रतियोगितामा स्पेनले नै इटालीलाई ४–० ले हराएको थियो । अब, फाइनलमा इटालीले डेनमार्क र इङल्यान्डबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

 

बुधबार, २३ असार, २०७८, बिहानको ०८:२८ बजे

सम्बन्धित खवर