लकडाउनको असर फिल्मी क्षेत्रमा पनि, २८ वटा सिनेमा हल नखुल्ने गरि बन्द

दमक,असार २३/  लकडाउनको असर फिल्मी क्षेत्रमा पनि देखिएको छ ।  १६ महिनादेखि जारी कोरोना संक्रमण महामारीका कारण एकपछि अर्को गर्दै सिनेमा हल बन्द हुन थालेका छन् । यो अवधिमा काठमाडौं उपत्यकाका नौ र उपत्यकाबाहिरका १९ गरेर २८ वटा सिनेमा हल बन्द भइसकेका छन् ।
हल सञ्चालकको संस्था नेपाल चलचित्र संघको तथ्यांकअनुसार यी सिनेमा हल अब नखुल्नेगरी बन्द भएका हुन् । सिनेमा हलमा जडान गरिएका फिल्म प्रदर्शन गर्ने डीसीएन, क्युबजस्ता सर्वरसमेत सम्बन्धित कम्पनीलाई फिर्ता गरेर उनीहरूले सिनेमा हल बन्द गरेका छन् ।

बुधबार, २३ असार, २०७८, बिहानको ०८:३९ बजे

सम्बन्धित खवर