राष्ट्रपतिको गोली हानी हत्या

२३ असार, काठमाडौँ/   हैटीका राष्ट्रपतिको घरमै गोली हानी हत्या भएको छ। फ्रान्सेली समाचार संस्था एएफपीले हैटीका अन्तरिम प्रधानमन्त्रीको कार्यालयलाई उद्धृत गर्दै राष्ट्रपति जोभेनल मोइसेको उनकै घरमा बुधबार अज्ञात हतियारधारीबाट गोली हानेर हत्या गरिएको जनाएको छ।

घटनामा उनकी श्रीमती पनि घाइते भएकी छन्। ५३ वर्षीय मोइसे सन् २०१७ मा हैटीको ५८ औँ राष्ट्रपति बनेका थिए। देशमा भ्रष्टाचार बढेको भन्दै सन् २०१८ देखि उनको राजीनामा माग हुँदै आएको थियो।

राजधानी लगायत र देशका अन्य शहरहरूमा पनि उनको राजीनामाको माग गर्दै व्यापक रूपमा विरोध प्रदर्शन हुँदै आएको थियो ।

हेइटीको राजनीतिक विपक्षीको भनाइमा राष्ट्रपति मोइजको पाँच वर्षे कार्यकाल ७ फेब्रअरी २०२१ मा नै समाप्त भैसकेको हो, जुन उनका पूर्ववर्ती मिशेल मार्टेलीले पद त्याग गरेको मिति देखि ठीक पाँच वर्ष पुगेको दिन हो।

तर मोइजले आफूले सोही मिति देखि नै सत्तारोहण नगरेकाले आफ्नाो कार्यकाल अझै एक वर्ष बाँकी रहेको बताउँदै आएका थिए।

बुधबार, २३ असार, २०७८, साँझको ०५:२१ बजे

सम्बन्धित खवर