आज झापामा जसपाको कुनै कार्यक्रम छैन : जिल्ला अध्यक्ष राई

बैकल्पिक खवर

जनता समाजवादी पार्टी ( जसपा) झापाले जिल्लामा पार्टीको कुनै पनि प्रकारको कार्यक्रम नरहेको जनाएको छ । जसपा झापा जिल्ला अध्यक्ष दिपेन बाला राईले जिल्लामा आज कुनै प्रकारको औपचारिक / अनौपचारिक कार्यक्रम नहरेको बताएका छन ।                                             

झापाको बिर्तामोडमा जनता समाजवादी पार्टी, नेपालकाे नाममा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम रहेकाे भन्ने हल्ला आएको बताउदै अध्यक्ष राईले त्यस्तो कुनै कार्यक्रम नभएको बताए । राइले सामाजिक संजाल फेसबुक मार्फत कुनैपनि कार्यक्रम नहरेको जानकारी दिएका हुन । उनले लेखेका छन – अहिले लकडाउनकाे अबस्थामा जसपा नेपाल झापाको कुनै कार्यक्रम नरहेकाले भ्रममा नपर्न जसपा नेपालका सबै नेता तथा कार्यकर्ता साथीहरूलाई हार्दिक जानकारी गराउदछु ।

शनिबार, २३ साउन, २०७८, बिहानको ०८:४९ बजे

सम्बन्धित खवर