पाँच दलीय गठबन्धनमा बाबुराम अटाएनन्

   काठमाडौं, साउन २१/ जनता समाजवादी पार्टी नेपालबाट अलग भएर नेपाल समाजवादी पार्टी नेपाल गठन गरेका डा. बाबुराम भट्टराई सत्ता गठबन्धनमा सहभागी हुन असफल भएका छन् । यद्यपि उनले गठबन्धनको प्रयासलाई भने छाडेका छैनन् ।

जारी नेपाल समाजवादी पार्टी नेपालको बैठकमा समेत उनले अगामी चुनावका लागि चुनावी गठबन्धनका लागि काँग्रेस, माओवादी केन्द्रलगायतका दलसँग कुराकानी भइरहेको बताएका छन् । काँग्रेस, माओवादी केन्द्रलगायतका दल सहभागी भएको गठबन्धनसँग सहमति नभए एमालेलगायत अन्य दलहरूसँग गठबन्धन गर्ने उनले योजना बनाएका छन् । चुनावी गठबन्धन बनाएर नै जाने नेता भट्टराईको जोड थियो । यद्यपि चुनावमा गठबन्धन बनाएर जाने कि एक्लै चुनाव लड्ने विषयमा पार्टीले औपचारिक निर्णय भने गरिसकेको छैन । जारी बैठकले त्यसको बारेमा निर्णय गर्ने बताइएको छ ।

आइतबार, २२ साउन, २०७९, बिहानको ०८:२७ बजे

सम्बन्धित खवर