जसपा राजनीतिक समितिको बैठक बस्दै

बैकल्पिक खवर

जनता समाजवादी पार्टीको राजनैतिक समितीको बैठक बस्ने भएको छ । बैठक आगामी भाद्र १ र २ गते बस्ने भएको हो । जसपा राजनीतिक समितिको बैठक बालकुमारी स्थित ज्यापू भवनमा बस्ने केन्द्रिय कार्यलयले जनाएको छ ।

पार्टी पुनर्गठन पछि पहिलो पटक जसपा राजनीतिक समितीको बैठक बस्न लागेको हो । २ दिनसम्म चल्ने सो बैठकमा आगामी प्रदेश तथा संघको निर्वाचनको बारेमा पार्टीको धारणा बारे छलफल हुने केन्द्रिय कार्यलय द्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख छ । साथै बैठकमा पार्टीको साङठनिक संरचना लगायतको बारेमा पनि छलफल हुने जनाइएको छ ।                                                                                 

 

आइतबार, २२ साउन, २०७९, साँझको ०५:१० बजे

सम्बन्धित खवर