प्याब्सन दमक नगर समितीको पद हस्तान्तरण तथा सुभकामना आदन- प्रदान कार्यक्रम सम्पन्न

बैकल्पिक खवर

निजी तथा आवासीय बिद्यालयहरुको संगठन ( प्याब्स) दमक नगर समितिका नवनिर्वाचित नेतृत्वलाई पद हस्तान्तरण तथा प्रमाण पत्र वितरण गरिएको छ ।
एभरेष्ट बोर्डिङ स्कुल परिसरमा वडादशैं, दिपावली छैठ तथा नेपाल सम्वतको समेत शुभकामना आदनप्रदान गर्ने उद्धेश्यले आयोजित कार्यक्रममा निर्वाचन समिति संयोजक तथा प्याव्सनका केन्द्रीय सल्लाहकार तेजकुमार श्रेष्ठले जनार्दन मैनालीको अध्यक्षतामा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र वितरण गरेका थिए ।
दमक नगरपालिका उपप्रमुख एवं शिक्षा समिति संयोजक गीता अधिकारीको प्रमुख आतिथ्य र अध्यक्ष मैनालीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी अधिकारीले विगतका दिनहरुमा प्याव्सन र दमक नगरपालिकाबीच समन्वयात्मक भुमिका हुन नसकेको भन्दै नगरपालिकासंग प्याव्सनले दुरी बढाउन खोजेको भन्दै आउँदा दिनमा समन्वय र सहकार्य हुनेमा विश्वास व्यक्त गरिन ।                                                          उनले नगरपालिका यहाँका सामुदायिक र निजी बिद्यालयबीचको सहकार्य र समन्वयबाटनै बालबालिकाहरुले गुणस्तरीय र व्यवहारिक शिक्षा प्राप्त गर्न सकुन भन्ने चाहनाबाट अघि बढिरहेको बताइन । सो अवसरमा प्याव्सनका केन्द्रिय, प्रदेश तथा जिल्ला तहका नेताहरुसंगै विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरु पनि सहभागी थिए । उपाध्यक्ष सन्तोष दाहालले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव नविन योगीले गरेका थिए ।

 

 

 

श्रोत – nishkarsha news

बिहिबार, २१ असोज, २०७८, दिउँसोको ०१:४९ बजे

सम्बन्धित खवर