सगरमाथा( चोमोलुङ्मा)को नंया उचाइ भोलि सार्वजनिक हुने

काठमाडौं / मंगलबार सगरमाथा (एतिहासिक चोमोलुङ्मा)को नया उचाइ सार्वजनिक हुने भएको छ ।सरकारले मंगलबार सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने तयारी गरेको हो।

मंगलबार नापी बिभागमा बिशेष कार्यक्रम गर्दै सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने तयारी भएको जनाइएको छ। परराष्ट्र मन्त्रालयले चिनियाँ पक्षसँग समन्वय गरेपछि उचाइ सार्वजनिक गर्न लागिएको बिभागले जनाएको छ । यसअघि मंसिरको दोश्रो साता बसेको मन्त्रिपरिषद्को बैठकले सगरमाथाको उचाइलाई अनुमोदन गर्ने निर्णय गरेको थियो।

नेपाल सरकारले पहिलो पटक आफ्नै खर्चमा सगरमाथाको उचाई मापन गरेको हो ।सगरमाथाको नंया उचाइ मापनमा चिनियाँ टोलीले पनि सहयोग गरेको थियो । विभागले उचाइ घोषणा कार्यक्रममा सगरमाथाको मापनमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गर्ने बताएको छ। पुरानो मापन अनुसारसगरमाथाको उचाइ डडद्धड मिटर रहेको छ । यसपटकको मापन बाट उचाइमा फरक आउने अनुमान गरिएको छ ।

सोमबार, २२ मंसिर, २०७७, साँझको ०६:०३ बजे

सम्बन्धित खवर