दुर्घटनामा परी झापामा पौडेलको मृत्यु

  झापा,२१ मंसिर / सवारी दुर्घटनामा परी झापामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति-२ का ३५ बर्षिय भिमप्रसाद पौडेल रहेका छन् ।

प्रहरीका अनुसार मेचीनगर नगरपालिका -१२ स्थित राजमार्गमा सोमबार राती पौने ९ बजे रोकिराखेको को १ त ४०१६ नम्बरको ट्याक्टरमा पछाडिबाट मे ९ प ६००३ नम्बरको मोटरसाईकल ठोक्किदाँ मोटरसाईकलमा सवार पौडेल घाईते भई उपचारका क्रममा विर्तासिटी अस्पताल विर्तामोडमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

मङ्गलबार, २१ मंसिर, २०७८, दिउँसोको ०२:३२ बजे

सम्बन्धित खवर