दमक, २१ मंसिर /  पुष्प– धिरेन्द्र स्मृति प्रतिष्ठान (शिक्षालय ) ले आज बुधबार दमक १ स्थित आफनो शिक्षालय परिषरमा रक्तदानसहित वृक्षरोपणको आयोजना गरेको छ ।
पुष्पराज बस्नेतको ४५ औ जन्मजयन्तीका अवसर पारेर प्रतिष्ठानले विभिन्न जडिवुटीजन्य ३३ जातका विरुवाहरु रोपिएका छन् । त्यसैगरि , रक्तदानमा ३५ पिन्ट रगत संकलन गरिएको प्रतिष्ठानका अध्यक्ष तिर्थराज बस्नेतले (शंकर) जानकारी दिए । रक्तदानमा प्रदेश सांसद होमबहादुर थापा, माओवादी केन्द्रका प्रदेश १ कोषाध्यक्ष गगन पुरी, प्रतिष्ठानका अध्यक्ष बस्नेतसहित सर्वसाधारण ३५ जनाले रगतदान गरेका थिए । रक्तदाता बस्नेतको रक्तदान यो १०२ औ पटक हो ।
प्रदेश १ सरकारका कृषिमन्त्री झलकसिंह दर्लामी (सन्देस ) को प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा प्रदेश सांसद होमबहादुर थापा, दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई दमक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शशि राई, आम्दा अस्पतालका मेसु डा .प्रकाश शर्मा , डा .नवीन ढकाल ,नेका नेता सुरेश सुब्बा ,माओवादी , सन्तोष गौतम ,भुमिका कोईराला , नेका नगर सभापति प्रकाश प्रसाईं , माओवादीका नेताहरु सिताराम अधिकारी बेदु गौतम ,कृष्ण गोले संगिता सेरेङ, दमक उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोपल गुरागाई , दमक जेसीजका पूर्व अध्यक्ष चन्द्र खत्री , रक्तदाताहरु साथै शिक्षालय परिवार, स्थानीय अभिभावकहरुको उल्लेखीय उपस्थिति रहेको थियो । २०७५ सालमा स्थापना भएको प्रतिष्ठानले सिटीभिटी अन्तर्गतका विभिन्न प्राविधिक विषयमा पठनपाठन सञ्चालन गरिआएको छ ।

Facebook Comments Box