नगरपालिकाद्वरा विद्यालयहरुमा अनुगमन

मोरङको पथरी शनिश्चरे नगरपालिकाको अनुगमन् समितिले हिजो नगरका विद्यालयहरुको अनुगमन गरेकोे छ । अनुगमनका क्रममा केही शिक्षकहरु अनुपस्थित भएको पाइएको छ ।
नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोला, शिक्षा शाखा प्रमुख उपसचिव शालिग्राम काफ्ले सहितको टोलीले ३ वटा विद्यालयको अनुगमन् गर्दा २ विद्यालयमा लापरवाही भेटीएको र त्यसलाई सुधार्न निर्देशन दिइएको जनाइएको छ ।
वडा नम्वर ३ को जनता माविमा मावि तहका २, निवामि तहका ३, सहयोगी शिक्षक १ र कर्मचारी १ गरी ७ जना अनुपस्थित भेटिएको उपसचिव काफ्लेले बताउनु भयो ।
त्यसैगरी, सोही वडाको सामाजिक आधारभूत विद्यालयमा ३ जना शिक्षक अनुपस्थित भेटिए । दुवै विद्यालयका प्रधानाध्यापकलाई पठन पाठनमा शिक्षकहरुको लापरवाही तत्काल रोक्न समितिले निर्देशन समेत दिएको छ । उता, वडा नम्वर २ को सरस्वती आधारभूत विद्यालयमा भनें सवै शिक्षकहरु उपस्थित भेटिएको छ । समितिले हाजिरी चेक समेत गरेको थियो ।
साथै समितिले गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा गरी क्रमागत रुपमा निर्माण भएको जनता माविको ४ कोठे भवनको पनि अनुगमन् गरेको छ । जनताका साथै सरस्वती आधारभूतमा चालु आर्थिक वर्षका लागि तराई मधेश समृद्धि कार्यक्रममार्फत ३०÷३० लाख रुपैयाँको लागतमा निर्माण गरिने भवनको निर्माणअघिको प्रारम्भिक अवस्थितीको पनि अवलोकन भएको छ ।

बुधबार, २३ पुष, २०७६, दिउँसोको ०२:५० बजे

सम्बन्धित खवर