नगरको शाझा सम्पत्ती नगरवासीले प्रयोग गर्न घोषणा गरिरहनु पर्दैन – कार्यकारी अधिकृत तिम्सिना

दमक, २५ बैशाख /  नगरमा भएका साधन र श्रोतको उच्चतम प्रयोग गरेर नगरवासीलाई महामारीबाट जोगाउन दमक नगरपालिकाका कार्यकारी अधिकृत गणेश प्रसाद तिम्सिनाले आग्रह गर्नुभएको छ । सामाजिक सञ्जाल मार्फत उहाले यस्तो धारणा राख्नुभएको हो । उहाँले नगरको अस्पतालको स्थिति र पूर्वतयारीको बारेमा समेत जानकारी गराउँदै नआत्तिन आग्रह गर्नु भएको छ ।

उहाँले लेख्नु भएको छ – नगरपालिकाको सबै साधन र श्रोत नगरवासीको सम्पति हो । नगरवासीलाई ‌सङकट परेको बेला सवै साधन र श्रोत नगरवासी का लागि प्रयोग गरिन्छ । यो घोषणा गरिरहनु पर्ने विषय नभएर नगरवासीको अधिकार को कुरा हो ।

दमक नगरपालिका सँग १०० बेडको सुविधा सम्पन्न क्वारेन्टाइन छ । २४ सै घण्टा चिकित्सक र स्वास्थ्यकर्मीको सेवा सहित ३० बेडको कोविढ उपचार केन्द्र सन्चालित छ ।‌ ४ वटा भेन्टिलेटर सहितका एच डि यु वेड छन । ३ वटा‌ एम्बुलेन्स र एउटा सव‌ वाहन ले २४ सै घण्टा सेवा प्रदान गरीरहेका छन् ।नगर प्रमुख,उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत ले प्रयोग गर्ने र अरू ३ वटा गाडी ‌आवस्यक पर्दा जुनसुकै बेला नगरवासी का लागि प्रयोग गरिन्छ ।

आम्दा अस्पताल, दमक रेडक्रस र अरु नीजि अस्पताललाई पनि कोविड उपचार का लागि तयारी राखिएको छ । नगरपालिकाका जनप्रतिनिधि हरु र स्वास्थ्यकर्मीहरु २४ सै घण्टा ‌कोरोना विरुद्ध लडाई को मैदानमा हुनुहुन्छ। निषेधाज्ञा भए पनि सवै कर्मचारी हरुलाई आवस्यक पर्दा तत्काल उपस्थित हुने गरी तयारीमा राखिएको छ । सँक्रमित भएर होम आईशोलेसनमा बसेको भए पनि व्यवस्थापन का लागि म आफैँ पनि फोनबाट समन्वय गरिरहेको छु । हाम्रो ‌श्रोत, साधन र जनशक्तिले सक्ने सम्मको उपचार हामी गर्छौं । नसकिने भएमा हामी नजिकका‌ ठूला अस्पताल सम्म पुर्याउँछौँ ।
त्यसैले कोरोना सँक्रमण भएमा वा संक्रमण ‌भएको सङ्का भएमा जुनसुकै वेला नगरपालिकाका पदाधिकारी,‌कर्मचारी, कोविड उपचार ‌केन्द्र‌,दमक अस्पताल वा आधारभूत स्वास्थ्य केन्द्र हरुमा सम्पर्क गर्नु हुन सम्पूर्ण नगरवासीहरुमा मा‌ अनुरोध गरिन्छ ।

शनिबार, २५ बैशाख, २०७८, बिहानको १०:५७ बजे

सम्बन्धित खवर