धनेश्वर मन्दिरमा सप्ताह ज्ञान महायज्ञ हुने

बैशाख, २५ दमक /  दमक ५ स्थित धनेश्वर महादेव पाञ्चायन मन्दिरमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । आगामी जेठ ३ गतेदेखि १० गतेसम्म हुने महायज्ञमा चर्चित राष्ट्रिय, अन्तराष्ट्रिय ख्याती प्राप्त विद्धान वाचन पण्डित दिनबन्धु पोखरेलको मुखारविन्दुवाट हुने भएको आयोजकले जानकारी दिएको छ ।
पुराण अवधिभर भजन,कृतन, सन्दर्भ अनुसारका झाँकी प्रदर्शन, गुरुज्यूहरुवाट आर्शिवचन लगायतका कार्यक्रमहरु हुने आयोजक समितिका अध्यक्ष रुद्र प्रसाद गौतमले जानकारी दिनुभयो ।
मन्दिर परिषरमा हुने महायज्ञको तयारी पूरा गर्न विभिन्न समिति गठन गरिसकेको र तयारी अन्तिम चरणमा पुगेको धनेश्वर शिव पाञ्चायन मन्दिर संरक्षण समितिका अध्यक्ष रुद्र कार्कीले जानकारी दिनुभयो ।

बुधबार, २५ बैशाख, २०७६, बिहानको १०:४६ बजे

सम्बन्धित खवर