छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु

बैकल्पिक खवर

मोरङको बेलबारी नगरपालिका ५ कसेनी का ३८ बर्षीय मनिराम चौधरीको चट्याङ लागी मृत्यु भएको छ । सोमबार बेलुका साढे ७ बजे घरको बरण्डामा खाना खाई रहेको अबस्थामा घर नजिकै चट्याङ पर्दा बेहोस भएका चौधरीको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका साढे ८ बजे मृत्यु भएको छ । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी टोली खटिगई थप बुझ्ने कार्य भईरहेको छ ।

यसैगरि ओखलढुङगाको मोलुङ गाऊपालिका ७ का २५ बर्षीय रबिन अधिकारी लडेर पानीमा डुबी मृत्यु भएको छ । सोमबार बेलुका ४ बजे अधिकारी साथीहरुसंग सोही स्थानमा रहेको मोलुङ खोलाबाट माछा मारी घर फर्कने क्रममा मोलुङ गरही सिंचाइ कुलोको डिलबाट लडी कुलाको पानीमा डुबि मृत्यु भएको भन्ने जानकारी प्राप्त भए लगतै प्रहरी चौकी प्राप्चा र ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रहरी टोली खटि गई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

मङ्गलबार, २५ जेठ, २०७८, बिहानको ०९:०२ बजे

सम्बन्धित खवर