मेयर राइलाई कोरोना संक्रमण

बैकल्पिक खवर

मोरङको रतुवामाई नगरपालिकाका मेयर रबिन राईलाई कोरोना संक्रमण भएको छ। नगरमा कोरोना नियन्त्रणमा अहोरात्र खटिएका मेयर राईको पिसिआर रिपोर्टमा आज कोरोना पोजेटिभ आएको हो।

संचारकर्मीसंग कुरा गर्दै मेयर राईले कोरोना पोजेटिभ रिपोर्ट आएपनि स्वास्थ्यमा कुनै समस्या नदेखिएको बताए। मेयर राईले भने, गोबिन्दपुरमा होम क्वारेन्टाइनमा छु।’ मेयर राईले आफ्नो सम्पर्कमा आउनेहरु लाई सचेत रहन आग्रह गरेका छन ।

मेयर राईले कोरोना पोजेटिभ आएपनि होम क्वारेन्टाइन बाटै सकेसम्म जनताको सेवा गर्ने उल्लेख गरे। ‘सबैलाई सचेत र सावधानी हुन अनुरोध गर्दछु’, मेयर राइले भने।

मङ्गलबार, २५ जेठ, २०७८, दिउँसोको १२:२५ बजे

सम्बन्धित खवर