हङकङमा रहेकी उषा दाहाल द्वारा दमकका ६३ बिपन्न परिवारलाई राहत वितरण

बैकल्पिक खवर

दमक ९ स्थाइ घरभइ हाल हङकङ बस्दै आएकी दमकको चेली उषा दाहालले दमक ९ का करिब ६३ बिपन्न परिवारलाई खाद्यान्न लगायतको राहात सामाग्री वितरण गरेकी छन । दाहालले कोरोना माहमारिको समयमा समस्याम परेका दमक ९ मा रहेका आफ्ना छिमेकीहरु लाई सो राहत सामाग्री वितरण गरेको दमकमा रहेको उनको पारिवारिक श्रोतले जनाएको छ । 

परदेशमा रहेर पनि विभिन्न अवसरहरुमा आफ्नो जन्मथलो दमकलाई सम्झिरहने दाहालले दमक ९ मा बसोबास गर्ने रोजगारी गुमाएका मजदुर तथा लकडाउनको समस्यामा परेका डेरा गरी बस्दै आएका परिवारलाई सहयोग गरेको भाइ उत्सव दाहालले जानकारी दिए । उषाको तर्फबाट दमकमा रहेको उनको परिवारको तर्फबाट गत आइतबार राहत स्वरुप जनही चामल मंसुली (२५ kg), दाल (१ kg) तेल (१ Ltr.) चिउरा (१ kg) , नून (१ kg) न्यूटेला (.५ kg) बितबरण गरिएको थियो । उक्त सामग्री वितरण बाट ६३ परिवारले थोरै भएपनि राहत मसुस गरेको छ ।                       

राहत लिन आएका एकजना वृद्धले भने हाम्री छोरीले पठाइदिएको यो सामानले हामी लाई थोरै भएपनि राहत मिलेको छ । यो माहामारीको बेला छोरीको नामबाट थोरै भएपनि सहयोग गर्न पाउँदा आफुहरु लाई खुसी मिलेको उषकि आमा गोमा देवी ( दाहल) निरौलाले बताइन् । हङकङमा रहेकी उषाले आफ्नो परिवार मार्फत विभिन्न अवसरमा दमकका विभिन्न संघसस्थालाई सहयोग गर्दै आइरहेकि छन । गत बर्षपनि दाहालले आफ्नो छोरीको जन्मदिनको अवसरमा दमकमा रहेका बालगृह तथा बृद्दाश्रमलाई करिब ३ लाख बराबरको सहयोग गरेकी थिइन                                                                       

 

मङ्गलबार, २५ जेठ, २०७८, दिउँसोको ०१:५३ बजे

सम्बन्धित खवर