संयूक्त राष्ट्रसंघमा नेपाल उपाध्यक्षको भूमिकामा

संयुक्त राष्ट्रसंघ  / संयुक्त राष्ट्रसंघको ७७औं महासभामा मंगलबार नेपाल एशिया-प्रशान्त क्षेत्रका तर्फबाट उपाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएको छ।

संयुक्त राष्ट्रसंघको ७७औं महासभामा एशिया-प्रशान्त क्षेत्रबाट नेपाल‚ मलेशिया‚ ताजिकिस्तान‚ तुर्कमेनिस्तान उपाध्यक्ष निर्वाचित भएका हुन्। यसैगरी अफ्रिकाबाट बेनिन‚ बुरुण्डी‚ केन्या‚ मौरिटानिया‚ नाइजर‚ जिम्बावे उपाध्यक्ष निर्वाचित भए भने लातिन अमेरिकाबाट चिली‚ एल साल्भाडोर र जमैका निर्वाचित भए। पूर्वी यूरोपबाट इस्टोनिया र पश्चिम यूरोप र अन्य क्षेत्रबाट इजरायल र अष्ट्रेलिया निर्वाचित भए।

नवनिर्वाचित पदाधिकारीको कार्यकाल सेप्टेम्बर १३ तारिखदेखि एक वर्षसम्म यो लागू हुनेछ।

यसैगरी ७७औँ महासभाबाट हंगेरी अध्यक्ष निर्वाचित भएको छ भने भियतनाम उपाध्यक्ष निर्वाचित भएको छ। महासभा संयुक्त राष्ट्रसंघका ६ वटा अंगमध्ये निकै शक्तिशाली मानिन्छ। यो १९३ देशकै प्रतिनिधित्व रहने शक्तिशाली संस्था हो।

यसअघि नेपाल ७१ औँ महासभामा पनि नेपाल एशिया-प्रशान्त क्षेत्रबाट उपाध्यक्ष निर्वाचित भएको थियो। सन् २०१६ देखि एक वर्ष उक्त जिम्मेवारी सम्हालेको थियो।

बुधबार, २५ जेठ, २०७९, रातीको ०९:०७ बजे

सम्बन्धित खवर