भेरोसेलको खोप लिन नेपाल एयरलाइन्सको विमान आज चीन जाँदै

काठमाडौं / नेपाल एयरलाइन्सको विमान कोरोनाविरुद्धको खोप लिन आज नेपाल एयरलाइन्सको विमान चीन जाने भएको छ।

नेपाल एयरलाइन्सका महाप्रबन्धक डिमप्रकाश पौडेलले चीनबाट कोरोना भाइरसविरुद्धको थप १० लाख खोप लिन नेपाल एयरलाइन्सको विमान चीन जान लागेको जानकारी दिए। नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजबाट आजदेखि यहि साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन लागिएको हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले चीनबाट भेरोसेल खोप ल्याउनका लागि जहाज त्यसतर्फ जाने बताए। सरकारले सरकार–सरकार (जिटुजी)मार्फत चीनबाट खोप ल्याउन लागेको हो। उनका अनुसार आज साँझ निगमको विमान खोप लिनका लागि चीन लागेकाे बताए। जहाजले भोलि गते खोप ल्याउने छ।

यस्तै असार ३१ गते पुनः बाइडबडी जहाज खोप लिन गएर साउन १ गते तथा साउन ७ गते पुनः जहाज नेपालबाट गएर साउन ८ गते खोप ल्याउने छ। “तीन पटक जहाज खोप लिनका लागि चीन जाने छ। परिणाम ठूलो आउँछ तर कति आउँछ भन्ने एकिन छैन।”

उनले पहिलो पटक खोप ल्याइसकेपछि मात्र कति मात्रा खोप नेपाल आएको एकिन थाहा हुने बताए। चीनको सिनोफार्म कम्पनीबाट सरकारले भेरोसेल खोप खरिद गर्न लागेको हो।

५५ वर्ष माथिकालाई खोप

चीनबाट ल्याइने भोरोसेल खोपको पहिलो मात्रा (डोज_ ५५ वर्षमाथिका नागरिकलाई दिने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपत्तकालीन कार्य सञ्चालन प्रमुख डा समीरकुमार अधिकारीले चीनबाट ल्याउन लागेको भ्याक्सिन अर्को हप्तादेखि लगाउन शुरु गरिने बताए।

यसैगरी स्वास्थ्य सेवा विभाग अन्र्तगतको परिवार कल्याण महाशाखाका प्रमुख तथा खोप सल्लाहकार समितिका संयोजक डा। तारानाथ पोखरेलले पनि चीनबाट ल्याइने भेरोसेल खोप ५५ वर्षभन्दा माथिका नागरिकलाई दिइने बताए।

१४ लाख आवेदन

कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत गत वैशाख ३१ गतेबाट पहिलो मात्रा (डोज) लगाउन सरकारले नागरिकबाट आवेदन माग गरेको थियो। कोभिड–१९ पहिलो डोज खोपका लागि करिब १४ लाख नागरिकले स्वैच्छिक आवेदन दिएका छन्।

वैशाख ३१ गतेबाट शुरु भएको आवेदन माग अनुसार तेस्रो सातासम्म करिब १४ लाख नागरिकले स्वैच्छिक आवेदन दिएको खोप सल्लाहकार समितिका संयोजक डा तारानाथ पोखरेलले जानकारी दिए।

सरकारले खोप लगाउन चाहने नागरिकको विवरण संकलन गर्दै खोप लगाउन चाहने नागरिकबाट सार्वजनिक रुपमा विवरण माग गरेको हो। तर, स्वैच्छिक आवेदन दिएपनि खोप पाउने टुंगो नभएको खोप सल्लाहकार समितिका संयोजक डा। पोखरेलले जानकारी दिए।

यस्तै सरकारलाई कोभ्याक्स सुविधामार्फत समेत छिट्टै खोप ल्याउने मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा। पौडेलले ६० लाख जनसङ्ख्यालाई पुग्ने खोप कोभ्याक्सले उपलब्ध गराउने प्रतिवद्धता अनुसार बाँकी खोप दिने तयारी गरिरहेको जानकारी दिए । यसअघि कोभ्याक्समार्फत तीन लाख ४८ हजार मात्र खोप आएको थियो। नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार खोप आएको छ।

नेपालमा १८ वर्षभन्दा माथिका कुल दुई करोड २० लाख जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य लिइएको छ। अहिलेसम्म आठ लाख ५१ हजार ३०० जनालाई दोस्रो मात्रा र २६ लाख ११ हजार ८०७ जनालाई पहिलो मात्राको खोप प्रदान गरिएको छ।

बिहिबार, २४ असार, २०७८, बिहानको ०८:११ बजे

सम्बन्धित खवर