बाढीले बगाएर युवा बेपत्ता

काभ्रे / जिल्लाको खानीखोला गाउँपालिका–६ स्थित खानीखोला नदीमा आएको बाढीले बगाएर एक युवा बेपत्ता भएका छन्।

तालढुंगा प्रहरी चौकीका असई महेश दाहालले बुधबार खानीखोला–२ भिमसेनस्थानका २८ वर्षीय अनिल वाईबा बाढीले बगाएर बेपत्ता भएको जानकारी दिए। असई दाहालका अनुसार बेपत्ता वाईबालाई पावरहाउस नजिकबाट नदी तर्ने क्रममा एक्कासी आएको बाढीले बगाएको हो।

बेपत्ता वाईबा काका बुद्ध तामाङ र खानीखोला–१ का वडा सचिव नवीन कुमार भट्टाराईसँग गाउँपालिकाको केन्द्र ताल्ढुंगा गएका थिए।

बिहिबार, २४ असार, २०७८, बिहानको ०८:१७ बजे

सम्बन्धित खवर