लडेर एक जना महिलाको मृत्यु ,उदयपुरमा बोलेरोले किचेर एकजनाको ज्यान गयो

बैकल्पिक खवर

ओखलढुङगा खिजिदेम्बा गाँउपालिका ८ कास्पु की ४३ बर्षीया पासाङ फुरी शेर्पाको लडेर मृत्यु भएको छ । हिजो राती साढे ९ बजे छिमेकीको घरबाट फर्कने क्रममा बाटोबाट अन्दाजी १२ फिट तल झरी घाईते अबस्थामा स्थानियले फेला पारेका थिए । उनको स्थानियले बोकेर घर तर्फ ल्याउने क्रममा मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी रावादोलु र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।

उदयपुरमा बोलेरोले किचेर एकजनाको ज्यान गयो

उदयपुर ताप्ली गाउपालिका ५ डुढे स्थित सडक खण्डमा कटारीबाट रुपाटार तर्फ जादै गरेको प्र २-०१-००-१ च-००५० नम्वरको बोलेरो गाडीले किचेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाडीमा सवार रहेका सोही स्थान बस्ने २५ बर्षीय रमेश नेपाली रहेका छन् । आज बिहानको राती २ बजे सो स्थामा उकालो चढ्न नसकी चिप्लिन गई ब्याक हुदाँ उक्त गाडीमा सवार मानिसहरु ओर्लने क्रममा रमेश नेपालीलाई किचेर गम्भिर घाईते बनाएको थियो । घाईतेलाई तत्काल उद्धार गरी कटारी अस्पताल पुर्‍याउदा मृत्यु भईसकेको अस्पतालले जनाएको छ । गाडी प्रहरी चौकी रुपाटारको नियन्त्रणमा रहेको छ भने चालक सोही स्थानका ३० बर्षीय ईस्वर श्रेष्ठ फरार रहेकाले खोजतालस भईरहेको छ ।

बिहिबार, २४ असार, २०७८, साँझको ०६:०१ बजे

सम्बन्धित खवर