जनता समाजवादी पार्टी नेपालको गोरखा–पोखरा सम्पर्क संयन्त्रको अध्यक्षमा तिलक तिवारी ।

जनता समाजवादी पार्टी नेपालको गोरखा–पोखरा सम्पर्क संयन्त्रको प्रथम भेला हिजो पोखरामा सम्पन्न भएको छ ।

उक्त भेला जनता समाजवादी पार्टी नेपालको गण्डकी प्रदेश कमिटीका सदस्य दिपक भण्डारीको सभापतित्वमा र गण्डकी प्रदेशका खानेपानी, उर्जा जलश्रोत तथा सिचाई मन्त्री माननीय हरिशरण आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने कार्यक्रममा ज.स.पा का केन्द्रीय सदस्य टिकाराम पौडेल, शम्भु खाती परियार लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

हिजो सम्पन्न प्रथम भेलाले तिलक तिवारीको अध्यक्षतामा २१ सदस्य समिति निर्माण गरेको छ । जसमा उपाध्यक्ष ऋषि गिरी, सचिव कृष्ण कुमार श्रेष्ठ, कोषाध्यक्ष शीतल बाबु श्रेष्ठ र सदस्यहरुमा हरि वास्तकोटी, पदमलाल श्रेष्ठ, किरण गुरुङ, कृष्ण पराजुली, राजेन्द्र राना, सन्तोष गुरुङ, बलबहादुर थापा, देवी भण्डारी र ८ जना सदस्य थप्ने गरि २१ सदस्य समिति निर्माण भएको छ ।

कार्यक्रमा स्वागत मन्तब्य ऋषि गिरीले राख्नु भएको थियो भने कार्यक्रम संचालन तिलक तिवारीले गर्नु भएको थियो ।

 

आइतबार, २४ साउन, २०७८, दिउँसोको ०४:३७ बजे

सम्बन्धित खवर