एकीकृत समाजवादी सत्ता पक्ष र लोकतान्त्रिक समाजवादी प्रतिपक्षको कुर्सीमा बस्ने

२३ भाद्र, काठमाडौँ /  राजनीतिक दलसबन्धी अध्यादेशबाट विभाजनमा पुगेका राजनीतिक दलहरू संघीय संसदको बैठकमा फरक-फरक कुर्सीमा बस्ने भएका छन् ।

एमालेबाट विभाजन भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सत्ता पक्षको कुर्सीमा बस्नेछ भने जनता समाजवादी पार्टीबाट अलग भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रतिपक्षको कुर्सीमा बस्नेछ ।

संसद सचिवालयमा दुबै पार्टीले संघीय संसद बैठक कक्षभित्र बस्ने कुर्सीका बारेमा माग गरे बमोजिम उक्त व्यवस्थापन गरेको प्रवक्ता रोजनाथ पाण्डेले बताए ।

लोसपाले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिए पनि संघीय संसदको संरचनामा भने प्रतिपक्षमा बस्ने जानकारी सचिवालयलाई गराएपछि उक्त व्यवस्थापन गरिएको हो ।  दुबै सदनको अधिवेशन आज अपराह्न ४ बजेदेखि शुरू हुँदैछ ।

बुधबार, २३ भदौ, २०७८, बिहानको ०८:२१ बजे

सम्बन्धित खवर