७३ प्रतिशत प्रदेश सांसदले रोजे जसपा, प्रदेश २ मा महन्थलाई धक्का

बैकल्पिक खवर

राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश जारी भएपछि प्रदेशसभा सांसद र स्थानीय तहका सदस्यहरू नयाँ दल रोज्न निर्वाचन आयोगले दिएको समय मंगलबार सकिएको छ। यो अवधीमा अधिकाम्स प्रदेससभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुले जसपा रोजेका छन । करिब ७३ प्रतिसत जनप्रतिनिधि र प्रदेशसभा सदस्यहरुले जसपा रोजेका छन । करिब २३ प्रतिसत मात्रै जनप्रतिनिधि हरुले लोसपा रोजेका छन । यसले महन्थ ठाकुर नेतृत्वको लोसपा लाई मधेस राजनीतिमा ठूलो धक्का लागेको छ ।

अध्यादेशपछि विभाजित भएका नेकपा एमाले र जनता समाजवादी (जसपा) का प्रदेश सांसद र स्थानीय तहका सदस्यहरूले आयोगले दिएको समय सकिएको हो । एमाले विभाजित भएर बनेको नेकपा(एकीकृत समाजवादी) र जसपा विभाजित भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई आयोगले भदौ ९ गते मान्यता दिएको थियो।                 

आयोगले विभाजित भएर बनेका नयाँ दल रोज्न सम्बन्धित दलका प्रदेशसभा सदस्य र स्थानीय तहका प्रतिनिधिहरूलाई भदौ १५ देखि २२ गते साँझ ५ बजेसम्मको समय तोकेको थियो।

आयोगले दिएको समयसीमाभित्र जसपाका करिब २७ प्रतिशत प्रदेश सांसदहरूले लोसपा रोजेका छन्।

दल विभाजन हुनअघि सातवटै प्रदेश गरी जसपा प्रदेश सांसदहरूको संख्या ६६ थियो। जसमध्ये जम्मा १७ जनाले लोसपा रोजेका छन्। यो कुल प्रदेश सांसदहरूको २७‌‌ दशमलव २७ प्रतिशत हो।

सातवटै प्रदेशमध्ये सबैभन्दा बढी जसपाको प्रभाव रहेको प्रदेश २ मा महन्थ ठाकुर नेतृत्वको लोसपालाई धक्का लागेको छ। तत्कालीन राजपाबाट निर्वाचित २५ मध्ये ९ प्रदेश सांसद जसपामै बसेपछि ठाकुरलाई प्रदेश २ मा ठूलो क्षति ब्यहोर्नु परेको छ। २५ प्रदेश सांसदमध्ये सभामुख र उपसभामुख दुवैजना तत्कालीन राजपाबाट निर्वाचित हुन्। सभामुख र उपसभामुखले दल रोज्न पाएका छैनन्।

जसपामा रहेका तत्कालीन समाजवादी फोरमबाट निर्वाचित एक प्रदेश सांसद प्रल्हाद गिरीले मात्रै लोसपा रोजेका छन्। तत्कालीन फोरमका एकजनाले लोसपा रोजे पनि उपेन्द्र यादव नेतृत्वको जसपामा पूर्वराजपाका ९ जना प्रदेश सांसद आएका छन्। पूर्वराजपाका ९ जना पुरानै दलमा बस्न खोजेपछि प्रदेश २ मा जसपा सांसदको संख्या ३८ र लोसपाका १७ हुने भएको छ।

तत्कालीन राजपाबाट निर्वाचित सामाजिक विकासमन्त्री नवलकिशोर साह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय, पूर्वराज्यमन्त्री सुरेश मण्डलका साथै प्रदेश सांसदहरू मनिष सुमन, डा।रीना यादव, डा।अनिता यादव, विक्की यादव, नीरा साह र नेत्रविक्रम साह जसपामै बसेका छन्।

लोसपा प्रदेश सांसद परमेश्वर साहले पूर्वराजपाबाट निर्वाचित प्रदेश सांसदहरूलाई जसपामा जानबाट रोक्न प्रयास गरिए पनि उनीहरू तयार नभएको बताए।

‘उहाँहरूलाई जसपामा नजान हामीले सक्दो प्रयास गर्‍यौं, वन टु वन नै कुरा भयो,’ साह भन्छन्, ‘कतिपय कारण देखाउँदै उहाँहरूले जसपामै बस्ने बताउनुभयो। आउन चाहने साथीहरू हामीसँग आइसक्नु भएको छ।’

कांग्रेस र माओवादी केन्द्र सरकारमा सहभागी भइसकेको छ भने प्रदेश सांसदहरूको सनाखत कार्य सकेसँगै नेकपा ९एकीकृत समाजवादी० पनि सरकारमा जाने तयारी गरेको छ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने जसपा, कांग्रेस, माओवादी केन्द्र र नेकपा ९एकीकृत समाजवादी० सरकारमा सहभागी हुँदा १७ सांसदसहित लोसपा प्रमुख प्रतिपक्षी दल बन्ने भएको छ।

सांसद साहले प्रदेशसभामा आफूहरू प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहने बताए। ‘सबै दल सरकारमै रहने देखिएको छ, हामी प्रमुख प्रतिपक्षी दलको भूमिकामा बस्न छौं,’ उनले भने।

प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशमा लोसपा प्रदेश सांसदको संख्या शून्य भएको छ।

प्रदेश १ मा जसपाका तीन सांसदमध्ये कसैले पनि लोसपा रोजेका छैनन्। प्रदेश १ का तीनैजना तत्कालीन समाजवादी फोरमबाट निर्वाचित हुन्।
बागमती र कर्णाली प्रदेशसभामा जसपाको प्रतिनिधित्व छैन।

यसैगरी गण्डकी प्रदेशसभाका दुई सांसदले जसपा नै रोजेका छन्। गण्डकीका दुई प्रदेश सांसद बाबुराम भट्टराईको तत्कालीन नयाँ शक्ति पार्टीबाट निर्वाचित हुन्।

लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गरिरहेका चार सांसद पनि जसपा नै रोजेका छन्। त्यहाँका ४ सांसद जसपामै बसेपछि लुम्बिनी प्रदेशसभामा पनि लोसपाको उपस्थिति शून्य भएको छ।

यता, सुदूरपश्चिममा पनि लोसपा अध्यक्ष ठाकुरलाई क्षति ब्यहोर्नु परेको छ। सुदूरपश्चिम प्रदेशसभामा तत्कालीन राजपाबाट निर्वाचित जसपाका दुई सांसद थिए। जसमध्ये एकजना जसपामै बसेका छन् भने एकजनाले लोसपा रोजेका छन्।

बुधबार, २३ भदौ, २०७८, बिहानको ०९:४३ बजे

सम्बन्धित खवर