दमकमा फ्रेस मिट मार्ट र यावा सेकुवा कर्नर

दमक, २३ भाद्र /  पाँचथर निवासी सञ्जय राईले दमकमा मल्टी विजनेस सञ्चालनमा ल्याएका छन् । दमक चोकबाट पूर्वपट्टी बसपार्क दक्षिणमा हेल्दी एण्ड फ्रेस मिट मार्ट तथा यावा सेकुवा कर्नर सञ्चालनमा ल्याएका हुन् ।
बुधवार एक कार्यक्रमकाविच हेल्दी एण्ड फ्रेस मिट मार्ट तथा यावा सेकुवा कर्नरको उद्घाटन गरिएको हो । दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ र होटल तथा पर्यटन व्यावसायी महासंघ प्रदेश एकका अध्यक्ष राजन दंगालले संयुक्त रुपमा रिवन काटेर मार्टको उद्घाटन गरेका हुन् ।
बजारमा ताजा मासुको अभाव पूरा गर्ने योजनाका साथ पाँचथरका खसी र कुखुरा विक्रि गरिने समेत उनले बताएका छन् । ५ बर्षको कोरिया बसाईपछि स्वदेश फर्किएर स्वस्थ र फ्रेस मासु विक्रि वितरण गर्न लामो समयको अध्यायन पछि यो स्थान रोजेको राईले बताए । उनले विदेश बसाइमा आफूले गरेको अनुभवलाई स्वदेशमा प्रयोग गर्न आफ्नो प्रयास रहेको पनि बताएका छन् ।
मिट मार्टमा खसी, कुखुरा, बट्टाई, सुँगुर, बंगुर लगायतको ताजा मासु पाइने र अर्डर अनुसार होम सर्भिस पनि दिन सकिने राईले जानकारी दिए । साथै सोही मिट मार्टको मासुका विभिन्न परिकार सहितको रेष्टुरेन्ट पनि राईले संचालनमा ल्याएका छन् । रेष्टुरेन्टमा मम, चाउमिन लगायतका खाजाका परिकार पनि पाइने बताइएको छ ।

बुधबार, २३ भदौ, २०७८, दिउँसोको ०४:३० बजे

सम्बन्धित खवर