एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध, सभामुख कक्षमा छलफल

काठमाडौं, भदौ २३ / नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ । पार्टीले कारबाही गरेका माधव कुमार नेपालसहितका १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेले बैठक अवरुद्ध गरेको हो ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराइले बोले लगत्तै एमाले सांसदहरुले उठेर नाराबाजी सुरु गरेका थिए । उनीहरुले सभामुख विरुद्ध नाराबाजी गरेका हुन् ।
सभामुख र एमाले संसदीय दलका प्रमुख सचेतकलगायतबीच छलफल सुरु भएको छ। संसदको गतिरोध हटाउने विषयमा सभामुखले एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई र सचेतक शान्ता चौधरीसँग छलफल गरिरहेका हुन् ।
संघीय संसद भवनको सभामुख कक्षमा छलफल चलिरहेको हो ।
एमालेले आज संसद बैठक सुरु हुनासाथ आफ्नो धारणा राखेर संसद बैठक अवरुद्ध पार्दै सभामुख विरुद्ध नाराबाजी गरेको थियो । लगत्तै सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेर छलफल थालेका हुन् ।

बुधबार, २३ भदौ, २०७८, दिउँसोको ०४:५३ बजे

सम्बन्धित खवर