माओवादीद्धारा झापा क्षेत्र–५ बाट उम्मेदवारको नाम सिफारिस

   दमक/ नेकपा माओवादी केन्द्रले झापा क्षेत्र न. ५ बाट संघीय तथा प्रदेश सभातर्फका आफना उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।पार्टीको प्रादेशिक निर्वाचन परिचनालन कमिटी क्षेत्र न. ५ (ख) को विहिबार सम्पन्न बैठकले संघिय सांसदका लागि रंजित तामाङ , सुरेन्द्र बस्नेत , गगन पुरी र रमेश गुरागाइको नाम सिफारिस गरेको छ । साथै संघिय समानुपातिकका लागि सन्तोष गौतम , राधिका ओझा , गणेशमान धिमाल र नरेन्द्र सावाँको नाम सिफारिस गरेको हो ।
यसैगरि, प्रदेश ‘ख’ बाट प्रदेश सभाका लागि तीन जना आकांक्षी उम्मेद्वारको नाम सिफारिस गर्ने निर्णय गरेको छ । प्रदेशतर्फ माओवादी केन्द्रका प्रदेश १ का कोषाध्यक्ष गगन पुरी , माओवादी केन्द्र प्रदेश १ सदस्य तथा क्षेत्र न ५ ख प्रमुख बिरेन्द्र बस्नेत र माओवादी केन्द्र प्रदेश १ सदस्य तथा दमकका इन्चार्ज बेदु गौतमको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।
त्यस्तै वैठकले क्षेत्र नं ५ ‘ख’ बाट समानुपातिकमा डम्बर पुलामी ( कर्मा ) , भुमिका कोइराला र अजय अग्रवालको नाम सिफारिस गरेको पार्टीले जनाएको छ ।सिफारिस गरिएका ती नामहरु जिल्ला, प्रदेश हुँदै केन्द्रीय कमिटीमा पठाइने बताइएको छ ।

यसैगरि माओवादी केन्द्रले झापा क्षेत्र नं ५ को प्रदेश कमिटीले (‘क ) बाट तीन जना आकांक्षी उम्मेद्वारको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।बिहिबार बसेको प्रदेश कमिटीको वैठकले (क ) मा संघीय सांसदका लागि माओवादी केन्द्रका केन्द्रीय सदस्य रंजित तामाङ , माओवादी केन्द्र गौरादहका सह इन्चार्ज माधव भट्टराई र प्रदेश (क ) क्षेत्रीय अध्यक्ष सिताराम अधिकारीको नाम सिफारिस गर्ने निर्णय गरेको छ । त्यस्तै वैठकले क्षेत्र नं ५ ( ‘क )बाट समानुपातिकमा हुकुम सिंह नेपाली र अनिसा झागरको नाम सिफारिस गरेको जनाएको छ ।
आगामी ४ मंसिरमा हुने संघीय तथा प्रदेश सभा चुनावका लागि सबै दलले आकांक्षी उम्मेद्वारहरुको नाम केन्द्रमा पठाउन धमाधम सिफारिस गर्न थालेका छन् ।

बिहिबार, २३ भदौ, २०७९, दिउँसोको ०१:१२ बजे

सम्बन्धित खवर