चार जना मृत अवस्थामा फेला

  २३ भाद्र,मोरङ/  सर्लाही, मोरङ, सोलुखुम्बु र काठमाडौँमा चार जना मृत अवस्थामा फेला परेका छन् । सर्लाहीको बरहथवा नगरपालिका-७ टाडीस्थित सोती खोलाको नहरमा धनकौल गाउँपालका-७ छोटल बैरिया बस्ने १५ वर्षीय शिवजी यादव बुधबार मृत अवस्थामा फेला परेका छन् ।

उक्त नहरमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो । मोरङको रंगेली नगरपालिका-१ जमुवाडिपो बस्ने ७५ वर्षीया कृष्णमाया बस्नेत आफ्नै माछा पोखरीमा बुधबार मृत अवस्थामा फेला परेकी छन् ।

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका-२ स्थित सोलु खोलामा हाल पहिचान नखुलेकी महिला बुधबार मृत अवस्थामा फेला परेकी छिन् । काठमाडौंको नागार्जुन नगरपालिका-३ हलचोकस्थित हाल पहिचान नखुलेका करिब ४५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बिहिबार, २३ भदौ, २०७९, दिउँसोको ०३:४१ बजे

सम्बन्धित खवर