प्रदेश १ मा राजेन्द्र राई मुख्यमन्त्री बन्ने निश्चित

प्रदेश १ र वाग्मतीको मुख्यमन्त्री नेकपा एकीकृतले पाउने भएको छ । सत्तारुढ गठबन्धनको बिहीबार बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

केहि दिनभित्रै विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यतामा रहेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य र वाग्मतीका मुख्यमन्त्री रहेका अष्टलक्ष्मी शाक्यको सरकार ढल्ने निश्चित छ । त्यसपछि सरकारको नेतृत्व कसले गर्ने भन्ने यकिन नभइरहेको बेला गठबन्धनले दुबै प्रदेशको नेतृत्व नेकपा एमाले विभाजनपछि गठन भएको समाजवादीलाई दिने भएको हो ।

दुई प्रदेशको मुख्यमन्त्री पाउने सहमतिपछि संघीय सरकारको मन्त्रालय बाँडफाँडमा देखिएको विवाद पनि समाधान भएको व्रिफिङका पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेताहरुसँग गरेका छन् । तीन दिनअघि मन्त्रालय बाँडफाँड गठबन्धनले टुंगो लगाएकोमा एकीकृत समाजवादीभित्र विवाद देखिएको थियो ।

दुबै प्रदेशमा हाल एमाले नेतृत्वमा रहेको सरकारले असोज २४ गतेभित्र विश्वासको मत लिनुपर्नेछ । दुबै प्रदेशमा गठबन्धनको स्पष्ट बहुमत रहेकोले दुबै प्रदेशको सरकार ढल्ने निश्चित छ । त्यसपछि संभवतः केहि दिनभित्रमै नयाँ सरकार गठन हुनेछ ।

गठबन्धनमा सहमति जुटेसँगै प्रदेश १ मा समाजवादीका संसदीय दलका नेता राजेन्द्र राई र बागमतीमा राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने निश्चित भएको छ । यसअघि नै एकीकृत समाजवादी पार्टीले दुई राजेन्द्रलाई सम्बन्धित प्रदेशसभाको संसदीय दलको नेता चयन गरिसकेको छ ।

शुक्रबार, २२ असोज, २०७८, बिहानको ०७:४३ बजे

सम्बन्धित खवर