मची युनेस्कोको अध्यक्षमा खनाल

कमल / लोकनाथ खनाललाई आगामी दुईवर्षे कार्यकालकालागि अध्यक्ष्यमा चयन गर्दै मेची युनेस्को क्लवको १६ औं वार्षिक साधारणसभा तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
समितीको उपाध्यक्षमा फडिन्द्र कार्की, सचिव विष्णुप्रसाद निरौला, सहसचिव रञ्जना समाम्फे, कोषाध्यक्ष लक्ष्मी न्यौपाने अधिकारी तथा सदस्यमा कुलप्रसाद आचार्य, डिकवाहादुर लिम्वु, भिमप्रसाद पौडेल र सुनिता भट्टराई सर्वसम्मत चयान भएका छन् ।
सोहि अवसरमा क्लवलाई विषेश सहयोग पुर्याकोमा क्लवका पुर्व अध्यक्ष हिमप्रसाद दाहाललाई सम्मान गरिएको थियो । क्लवका अध्यक्ष मिभचन्द्र न्यौपानेको अध्यक्षतामा सम्मन्न कार्यक्रममा प्रमुख अतिथी कमल गाउँपािलकाका अध्यक्ष मेनुका काफ्लेले विषेश अतिथ्यता रहेको थियो । उपाध्यक्ष विणु सिवाकोटी, वडा सदस्य चक्र गुरुङ्ग गैरसहकारी सस्था महासंघ १ प्रदेशका सदस्य उमानाथ ढकाल, शिक्षा शाखा प्रमुख सूर्य न्यौपाने, नवोदय बहुउद्दृश्यीय सहकारी सस्थाका अध्यक्ष शरणकुमार पराजुली, क्वलका पूर्व अध्यक्ष थोमनाथ निरौला, मधुसुधन अधिकारी, एल।वि पौडेल, रामचन्द्र बराल लगातले साधारणसभा सफताका साथै दशै, तिहार, छैट पर्वको शुभकामनाका तथा नव निर्वाचित कार्यसमितीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए । कार्यक्रम सचिव मदन मिश्रले सन्चालन र उमानाथ भण्डारीले स्वगत गरेका थिए ।

शुक्रबार, २२ असोज, २०७८, दिउँसोको ०१:१४ बजे

सम्बन्धित खवर