दमक /    जनता समाजवादी पार्टीका नेता तथा प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले अबको पहिलो प्राथमिकता भनेकै सरकारको नामांकन भएको बताएका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री यादवले भने– हामीले प्रादेशिक सरकार प्राप्त गरेका छौं, अब हामौ पहिलो प्राथमिकतामा नामांकनलाई लिनेछौं । प्रदेशको नामाङ्कनको सवालमा हाम्रो पहिलो प्रयास हुनेछ । हाम्रो जुन गठबन्धन छ यो गन्ठबन्धनले मात्रै हाम्रो दुई तिहाई पुग्दैन । त्यसैले नामांकनको सवालमा हामी सत्तापक्ष र प्रमुख प्रतिपक्ष दुवै समुहबाट हामी छलफल गरेर कुरा मिल्यो भने हामी नामांकनको कुरालाई टुङ्याउने छौं ।
प्रदेश नम्बर १ मा अहिलेको व्यावस्थामा जति पनि हामीले गर्नुपर्ने कुरा रहेका छन् त्यो आम प्रदेशवासी र पहिचान र हक अधिकारको सवालमा आम नेपाली जनता र आम प्रदेशवासीको हितमा सबैलाई मिलाएर लिएर जाने र उत्पीडित समुदाय र वर्गहरू जो हिजोदेखी राज्यद्वारा विभेदमा परेका छन् र राज्यमा पहुँच छैन उनिहरूलाई जोड्दै जाने र सामाजिक विकास मन्त्रालयमार्फत गरिने कार्यहरूलाई हामी आम प्रदेशबासीको हितमा प्रयोग गर्नेछौं ।
छोटोभन्दा पनि समयको अलिक अभाव त छ नै । तैपनि हामी राम्रो काम गर्नेछौं । उनले भने– हाम्रो सरकार गठबन्धनकै सरकार हो । तर हाम्रा माननीयज्यूहरूले जुन मन्त्रालय र मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ त्यसको मातहतमा रहेर हामी सबै मिलेर कार्यलाई अगाडी बढाउछौं । त्यो हाम्रो प्रदेश सरकारको निर्णय हुनेछ र त्यस मन्त्रालयबाट हुने जिम्मेवारीलाई हामी पूरा गर्छौं ।

 

Facebook Comments Box