चीनले नेपाली सेनालाई दियो ३ लाख डोज खोप

अभिनेता विपिन कार्की र निरुता सिंह सर्वोत्कृष्ट अभिनेत्री घोषित भएका छन् । चलचित्र, गीत संगीत र फेशन तथा इभेन्ट क्षेत्र समेटिए आयोजना भएको ‘एएनपी अवार्ड २०२१’ मा प्रदीप भट्टराई सर्वोत्कृष्ट निर्देशक भए । बत्तीसपुतलीस्थित होटल इम्पेरियलमा आयोजित अवार्ड समारोहमा विपिन र प्रदीप जात्रैजात्रा तथा निरुता सिंहले दालभात तरकारीबाट अवार्ड हात पारेका हुन् ।
२०७४ देखि २०७६ सालमा रिलिज फिल्म तथा सिर्जित सिर्जनाहरूलाई पुरस्कृत गरिएको समारोहमा पुकार भट्टराई, सौरभ लामा छायाँकनबाट, बनिष शाह र भुपेन्द्र अधिकारी सम्पादन, रेनिस फागो, सत्यम् राना भिएफएक्सबाट अवार्ड विजेता भए ।
यमप्रसाद ओली, रेश्मा केसी, सुष्मिता खत्री, संगीत खत्री, दिनशन शाह गोपाल ढकाल, प्रेम पाण्डे, सुनिता गौतम, विनायक तामाङ, सुवास गुरुङले समेत अवार्ड जितेका छन् । अभिनेता विक्रम क्षत्री र पुष्टबहादुर घिमिरेले जुरी अवार्ड तथा आशा भुषालले टेलिफिल्म अभिनेत्रीको अवार्ड पाएको कार्यक्रममा विजेतालाई पूर्व राज्यमन्त्री रामवीर मानन्धर, अभिनेता भुवन केसी, सरोज खनाल, बोर्डका अध्यक्ष दयाराम दाहाल, कलाकार संघका अध्यक्ष रवीन्द्र खड्कागायतले अवार्ड बितरण गरेका थिए ।
कार्यक्रममा गीतको म्युजिक भिडियोबाट चुम्दा कुशल श्रेष्ठ, वसन्ती राई, ज्योती मगर, गजित विष्ट, आरोही शर्मा, शिवन पोखरेल, प्रह्लाद चौलागाई, झरना रिसाल र निक्स शर्मा, विकास बस्नेत, दिनेश डाँगी, प्रकाश बस्नेत चन्दन कुईंकेल, प्रशुनजंग पोखरेल, दिनशन शाह, मनिषा पोखरेलले पाए ।
डीआर उपाध्यायले लोकप्रिय गीतकारको अवार्ड जितेको कार्यक्रममा मोहनकुमार खत्री, किरण माईकल घिमिरे उत्कृष्ट गीतकारको अवार्ड जिते । कार्यक्रममा कृषा महर्जन, विष्णु रेग्मी, रुद्र शर्मा, मोनित महर्जन, राजेन्द्र लुईँटेल, गीता शाह, दिपेन्द्रकुमार यादव, सावित्री ढुंगाना लगायत थुप्रैले अवार्ड जितेका थिए ।
विभिन्न क्षेत्रमा योगदान पुर्‍याउनेलाई समेत सम्मान गरिएको कार्यक्रमा गायक विमल डांगी, गायिका सरिता डांगी, कन्हैया सिंह परियार, गायिका सुनिता गुरुङ, गायक सीताराम पोखरेल, हेमा मानन्धर, सन्तोष सुवेदी लगायत थुप्रैले सम्मान पाएका थिए ।

सोमबार, २२ कार्तिक, २०७८, दिउँसोको ०१:०८ बजे

सम्बन्धित खवर