बिप्लव माओवादिका मेचीनगर इन्चार्ज याम गिरी पक्राउ

प्रहरीले प्रतिवन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका मेचीनगर इञ्चार्जलाई पक्राउ गरेको छ ।

झापा जिल्ला समिति सदस्य समेत रहेका शिवसताक्षी–४, पाँचगाछीका ३७ वर्षीय यामकुमार गिरी पक्राउ परेका हुन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गिरीलाई गएराति तिनकुनेबाट पक्राउ गरेको हो ।

महाशाखा प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार विर्तामोडको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको केन्द्रीय कार्यालयमा विष्फोट गराएको कसुरमा उनलाई पक्राउ गरिएको हो ।

गिरीविरुद्ध विस्तृत अनुसन्धान थालिएको जनाइएको छ ।
झापामा पछिल्लो समय अन्य नेताहरु पार्टी परिवर्तन तथा पक्राउ पर्नथालेपछि गिरीकै नेतृत्वमा पार्टी गतिविधि हुदै आएको थियो

आइतबार, २२ मंसिर, २०७६, साँझको ०५:४२ बजे

सम्बन्धित खवर