पूर्वविद्यार्थीद्वारा बुद्धशान्तिमा न्यानो कपडा वितरण

दमक /  सामुदायिक विद्यालयमा न्यानो कपडा वितराण कार्यक्रम झापामा उदारणिय बनेको छ । गत सोमबार एक कार्यक्रमकाबिच झापा बुद्धशान्ति गाँउपालिका वडा नं। ६ मा अवस्थित आदर्श आधारभुत विद्यालयमा वितरण गरिरहँदा बालबालिकाहरुमा छायाको हाँसोले अभिभावक दङ्ग मात्र परेनन्, विद्यार्थी मख्ख पनि परे । बिर्तामोडका युवाहरुको समूहले सामाजिक सञ्जालबाट शुरु गरेका अभियान अन्र्तगत एक हजार विद्यार्थीलाई न्यानो कपडा वितरण कार्यक्रममा बुद्धशान्तिको शान्तिनगरमा गरिएको कार्यक्रमले फरक अनुभुति दिलाएको वक्ताहरुको कुराले व्यक्त गरिरहेको थियो।

विद्यार्थी संख्या न्युन भएसंगै विश्वास घटिरहेको अवस्थामा न्यानो कपडा वितरण अभिभावकको साथमा विद्यार्थीलाई उपलब्ध गराउन सहजीकरण पुर्व विद्यार्थीहरुले गरेको देखेर अभिभावक मात्रै हैन शिक्षक पनि मौन भए । गर्दा नहुने के छ र भनेझैँ झापाका सञ्चारकर्माी सरोज पौड्यालले सामाजिक सञ्जालबाट शुरु गरेको न्यानो कपडा वितरण अभियानसँग जोडिएका सञ्चारकर्मी आयुष निरौला र व्यावसन जिल्ला सहसचिव गँगा निरौलाले विद्यालयमा कार्यक्रम लिएर जाँदा र उनीहरुको योजना र मन्तव्य सुनेर वडाध्यक्ष एवम् कार्यक्रमका सभापति शम्भु पौड्याल पनि जुर्मुराए ।

आधारभुत कक्षा सम्म पठन पाठन हुने वडाको एकमात्र विद्यालय मर्ज हुने अवस्थामा रहदा गाँउपालिकाले अन्तिम निर्णय गर्न बाँकी छदा पुर्व विद्यार्थीहरुले देखाएको स्नेह र प्रेमका कारण हाम्रो विद्यालय भन्न पाएको बताउछन् पुर्व विद्यार्थी दावा दोर्जे लामा ।

हाल विद्यालयमा ५६ जना विद्यार्थी अध्ययनरत् छन् । तिनीहरुलाई स्वीटर, टोपी र शैक्षिक सामाग्री कार्यक्रमका प्रमूख अतिथि जिल्ला शिक्षा समिति सदस्य ज्ञानुराम प्रसाई, वडाध्यक्ष पौड्याल, प्यापसन सहसचिव निरौला र बुद्धशान्ति २ मा रहेको लिटल स्टार स्कूलका विद्यार्थीहरुले सामुयिक रुपमा हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमूख अतिथि प्रसाईले युवाहरुको रचनात्मक काममा सहकार्य गर्ने मात्र नभएर जिल्लाको शैक्षिक गुणस्तर सुधार्न आफु प्रतिवद्ध रहेको बताए । शिक्षा र स्वास्थ्य संविधानमै नैसर्गिक हधिकारका रुपमा रहेको उल्लेख गर्दै उनले भने शिक्षाबाट वञ्चित हुने अवस्था अवको दिनमा आउनु हुन्न, सबै लागीपरे पुरा हुने उद्घोष गरे । यस्तै व्याप्सन सहसचिव निरौलाले आफ्नो तर्फबाट र संगठनको तर्फबाट विज्ञसहितको टिम ल्याएर सामुदायिक विद्यालयलाई उठाउन लागि पर्ने बताए । आफुपनि यस्तै विद्यालयमा शिक्षा आर्जन गरेर आजको अवस्थामा आइपुगेको उल्लेख गर्दै समाज रुपान्तरणमा भुमिका निर्वाह गर्न आतुर रहेको बताए । सामुदायिक प्रहरी केन्द्र बुधबारेका बरिष्ठ उपाध्यक्ष धरणीधर पोख्रेलले सामुदायिक विद्यालयलाई गुणस्तरयि बनाउन युवा र स्थानिय सरकार जागरुक हुनु्पर्ने औँल्याए ।

विद्यालयका प्रध्यानाध्यापक गायत्री पूसाद ढकालको स्वागत मन्तव्य रहेको कार्यक्रममा अभियान्ता गंगा निरौलाले अभियानको उदेश्यको बारे प्रकाश पारेका थिए । विद्यालयका पीटीए अध्यक्ष दिननाथ काफ्ले लगायतले मन्तव्य राखेको कार्यक्रमको सहजीकरण अभियानका संयोजक सरोज पौड्यालले गरेका थिए ।

हाम्रो दमक बाट

बिहिबार, २४ पुष, २०७६, बिहानको ०९:५६ बजे

सम्बन्धित खवर