५0 लाख  पुरस्कार राशिको नेपाल स्टार’ शो हुने

नेपाली माटोको आफ्नै सुगन्ध सहित नेपाली गायन रियालिटी शो ‘नेपाल स्टार’ शुरु भएको छ । यो प्रतियोगिताको आयोजना नेपाल टेलिभिजनले गरेको हो भने यसको व्यबस्थापन की एडभरटाइजिङ ले गर्न लागेको जनाइएको छ । नेपालको पहिलो र नेपाली जनताको करबाट संचालित सरकारी टेलिभिजनले बिदेशी फ़्रेञ्चाईज बिना यो प्रतियोगिता संचालन गर्दैछ । साथै, यो प्रतियोगिताका बिजयीले अहिलेसम्म कै ठुलो धनराशीको पुरस्कार जित्ने घोषणा ‘नेपाल स्टार’ को टिमले गरेको छ । ‘नेपाल स्टार’ बन्न सफल हुने प्रतिभाले नेपाल स्टारको उपाधि सहित ५० लाख नगद र बिभिन्न प्रायोजकका गिफ्ट ह्याम्परहरु प्राप्त गर्नेछन ।

‘नेपाल स्टार’ को अर्को आकर्षण यसका जज (निर्णायक) हरु हुन् । नेपाली सुगम संगीतका तीनजना विशिष्ट धरोहरहरु संगीतकार आलोक श्री, गायक रामकृष्ण ढकाल र गायिका अन्जु पन्तले जजको जिम्मा पाएका छन् । लामो समय नेपाली सुगम संगीतमा हिट नम्बरहरु दिन सफल यी संगीत साधकहरु आफ्नो क्षेत्रमा अब्बल मानिन्छन । देशका कुनाकुना र विदेशमा शहर शहर यी तीनजनाका संगीत हरेक दिन गुञ्जिईरहेका हुन्छन । संगीतका यिनै हस्तीहरुले देशका ठाउँ ठाउँमा पुगेर गाउँ गाउँ र दूरदराजका प्रतिभाको खोजी गर्नेछन । उनीहरुले बस्तीमा लुकेका दर्जनौं प्रतिभाहरुलाई नेपाली गीतसंगीतको मूल प्रवाहमा ल्याउने विश्वास गरिएको छ

बिहिबार, २४ पुष, २०७६, दिउँसोको ०१:१८ बजे

सम्बन्धित खवर