‘बिएण्डसीको सम्बन्धनका लागि २० करोड घुस’ मागेको खुलासा

प्रस्तावित बिएण्डसी मेडिकल कलेजको सम्बन्धनका लागी २ण् करोड घूस मागेको खुलासा भएकोे छ । बि एन्ड सि का सञ्चालक दुर्गा प्रसाईंले बुधबार पत्रकार सम्मेलन मार्फत सो खुलासा गरेका हुन । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले बि एन्ड सी को सम्बन्धनका लागी २० करोड घुस मागेको जनाएका छन । झापामा रहेको बिएण्डसी मेडिकल कलेजको सम्बन्धनका विषयमा बुधबार पत्रकार सम्मेलन गर्दै प्रसाईंले सो कुरा बताएका हुन।

बत्तिसपुतलीस्थित होटल द्वारिकाजमा मंसिर १५ गते गिरीले आफूसँग २० करोड घुस मागेको प्रसाईंले बताएका हुन्। आफूभन्दा माथि बसेकालाई पनि रकम बुझाउनुपर्ने भन्दै गिरीले आफूसँग घुस मागेको प्रसाईंको दाबी छ।

‘द्वारीकाजमा भेटेर उहाँले मसँग २० करोड माग्नुभयो, त्यसपछि मैले पार्टी अध्यक्ष ९पुष्पकमल दाहाल ‘प्रचण्ड० लाई पनि यो कुरा जानकारी गराएको थिएँ’, पत्रकार सम्मेलनमा उनले प्रश्न गर्दै भने, ‘सम्बन्धनमै २० करोड तिरेर कसैले मेडिकल कलेज चलाउन सक्छ रु’

२० करोड दिन नसकेकै कारण प्रस्तावित बिएण्डसी मेडिकल कलेजको सम्बन्धनको निवेदन आयोगमा दर्ता नै नभएकोसमेत प्रसार्इंले बताए। रकम दिन नसके आफन्तको नाममा दश प्रतिशत शेयर दिन गिरीले आफूसँग प्रस्तावसमेत गरेको उनले बताए।

‘चिकित्सा शिक्षा ऐन आइसकेपछि सो अनुसार बनेको आयोगमा नियम अनुसार मेडिकल कलेज संचालन सम्बन्धनको प्रक्रिया अगाडि बढाउन दिइएको निवेदन नै लिइएन र हचुवाका भरमा कार्यकारी उपाध्यक्ष जस्तो जिम्मेवार व्यक्तिले पत्रसमेत दर्ता गर्न गर्न मान्नुभएन र अन्य कर्मचारीलाइ दर्ता गर्नसमेत दिनुभएन’, प्रसाईंले आफ्नो विज्ञप्तिमा भनेका छन्, मेरो पत्र किन दर्ता गरिएन रु प्रस्तावित बिएण्डसी मेडिकल कलेजको कुन पक्ष पुगेको छैन रु नेपालको कुन कानुनको कुन बुँदाले बिएण्डसीलाई मेडिकल कलेजको सम्बन्धन दिन रोक्छ रु’

बिएण्डसीमा रहेका भौतिक संरचना, आवश्यक फ्याक्लटी, उपकरण र बिरामीको चाँप कुनै पनि संचालनरत मेडिकल कलेज भन्दा कमी नभएको उनको दाबी छ।
अन्ननपूर्ण पोस्ट

बिहिबार, २४ पुष, २०७६, दिउँसोको ०१:५२ बजे

सम्बन्धित खवर