झापा कुङ्ग –फू संघलाई मान्याता प्रदान


दिनेश दंगाल
दमक /  नेपाल कुङ्ग –फू संघ झापा लाई जिल्ला खेलकुद विकाश समिति झापाले आधिकरिता प्रदान गरेकोे छ। आज खेलकुद विकास समिति झापाले सङ्घको केन्द्रिय कार्यलयलाई जिल्लामा कुङ्ग –फू संघ बिधिवत रुपमा गठन जानकारी गराएको छ । यो सँगै संघले जिल्ला समितिको मान्यता पाएको छ । कुङ्ग – फु खेललाई झापामा विकास र विस्तार गर्न उद्देश्यले गत पुस १९ गते ७ सदस्य रहेको जिल्ला समिति गठन भएकोे थियो । दमक स्थित मोडेल सनराईज बोर्डिङ स्कुलका सञ्चालक जनार्दन कुमार मैनाली को नेतृत्व गठित सो संघको उपाध्यक्षमा सन्तोष दाहाल,राजन प्रसाई , कोषाध्यक्षमा कुलबहादुर वस्नेत र सदस्यहरुमा प्रतिक्षा गौतम र रोशनी ओली रहेका छ्न । व्याबसायीक क्षेत्रमा ख्याति कमाएका दमकका सफल व्याबसायी अनिल सुबेदीले जिल्ला सचिवको जिम्मेवरी प्राप्त गरेका छ्न ।

आफ्नो कार्यकालमा संघले जिल्ला भरि अन्य खेल सरह यस कुङ्ग –फू खेलकुदको विकासका लागि विभिन्न गतिविधिहरु सञ्चालन गरिने नवगठीत समितिका सचिव  अनिल  सुवेदीले वताएका छन् ।

बिहिबार, २४ पुष, २०७६, रातीको ०९:०३ बजे

सम्बन्धित खवर