सगुन क्लवद्धारा अग्नि पिडित परिवारलाइ राहात वितरण

गत हप्ता झापाको कमल गाँउपालिका वडा नम्बर ५ स्थित मंगलवारे वजारका आगोलागी पीडित परिवारलाई स्थानीय सगुन युवा क्लवले शनिवार नगद राहत प्रदान गरेको छ ।
क्लवको अगुवाईमा संकलित रु ४९ हजार रुपैया शेरवहादुर लिम्बुसहित चार पीडित परिवारलाई नगद राहत प्रदान गरिएको हो । क्षतिको अवस्था हेरेर नगद राहत बितरण गरिएको क्लबले जनाएको छ । क्लवले धेरै क्षति भएको घरधनी लिम्बुलाई ३७ हजार र रुकमणि ताजपुरिया, पार्वती राजवंशीलाई जनही रु ५ हजार र चुर्की मर्डी सतारलाई रु २ हजार नगद राहत प्रदान गरिएको क्लवका अध्यक्ष देवेन्द्र राज आङदेम्बेले जानकारी दिए ।

यसैगरि सोहि कार्यक्रमका बीच जनजागृति हरिकृतन, कमल ५ मगलमय टोलबाट जनही १ र १ हजारका सहित चामल ७० केजी, आलु ४० केजी प्रदान गरिएको थियो । त्यस्तै, स्थानीय पुजा बस्नेतले पीडित परिवारलाई जनही २ र २ हजारको दरले नगद राहत प्रदान गरेकी थिईन् ।

गत बुधबार लिम्बुको घरमा भाडामा सञ्चालन गरिआएकी रुकमणि ताजपुरियाको चिया पसलको ग्याँस चुल्होबाट एक्कासी निस्केको आगोले ताजपुरियासहित घरधनी लिम्बुको घर र त्यहाँ भाडामा बस्दै आएका अन्य तीन परिवारको समेत धनमाल पूर्ण रुपमा जलेर नष्ट भएको थियो ।
यसैवीच, पीडित परिवारलाई थप राहत तथा पूर्नास्थापनामा सहयोग पुरयाँउन रेडक्रस लखनपुर उपशाखाले सहयोग संकलन शुरु गरेको सचिव पारषमणि राईले वताए । अग्नीपीडितलाई सहयोग गर्न इच्छुकले रेडक्रसको विपद व्यवस्थापन उपसमितिको कमल ५ स्थित सुम्निमा कृषि सहकारी संस्थाको एमआर ०१– १७५७ र नेरेसो लखनपुर उपशाखाको राष्ट्रिय वाणिज्य बैंकको २१४०००३३८८०१ खातामा समेत जम्मा गर्न सकिने व्यवस्था गरिएको उनले वताए ।

सोमबार, २६ फागुन, २०७६, बिहानको ०९:१४ बजे

सम्बन्धित खवर