२०६९जेष्ठ ९ गते बुधबारलाई फर्केर हेर्दा

समर राइ

मलाई झलझली सम्झना छ ,२०६९ सालको किराँत राई समुदायको साकेला उभौली पर्व येलेसम्बत ५०७२ को पुनित अवसरमा किराँत राई यायोक्खा पृथ्वीनगर संयुक्तद्वारा कमलधापमा नवनिर्मित भवनको समुदघाटनको प्रमुख अतिथि किराया केन्द्रिय समितिको सल्लाहकार, संघीय समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पुर्व स्वास्थमन्त्री अशोक राईको प्रमुख आतिथ्यमा सोही पार्टीका बरिस्ठ उपाध्यक्ष डा.बिजय सुब्बा र आदिवासी जनजाती महासंघ,नेपालका केन्द्रिय महासचिव आङ्गकाजी शेर्पाको बिशिस्ट आतिथ्यमा आयोजित कार्यक्रममा म स्वयं भुपु पुलिस ईन्सपेक्टरको नाताले आतिथ्यताको लागि प्राप्त निमन्त्रणा अनुसार सरिक हुने अवसर मिलेको थियो ।

म त्यत्तिबेला नेपाल प्रहरी सङ्गठनबाट सेवानिबृत पस्चात निष्क्रिय बस्नुभन्दा समाजसेवा गर्ने उदेश्यकासाथ नेपाली काङ्ग्रेस पार्टीमा आबद्ध भइ सदस्यको रूपमा क्रियाशिल थिएँ,उक्त उदघाटन तथा साकेला कार्यक्रममा प्रमुख अतिथि एवं बिशिस्ट अतिथिहरुद्वारा पहिचान के हो र संघीयता किन आवश्यकता छ भन्ने बारेमा क्रान्तिकारी बिचार राख्नुभएको थियो ।

त्यसैको भोलिपल्ट ससपाने भद्रपुर नगरसमितिले भद्रपुरस्थित कृष्ण होटेलमा आयोजना गरेको मिट द प्रेस कार्यक्रममा मलाई पनि सहभागिताको लागि गरिएको निमन्त्रणा अनुसार सरिक भइ संघीय समाजवादी पार्टीको स्थापनाको उदेश्य,सैद्धान्तिक धार,समानुपातिक समावेशीको अवधारणा अनुरुप पहिचान सहितको संघीयताको बारेमा पार्टी अध्यक्ष अशोक राई र वरिष्ठ उपाध्यक्ष डाक्टर बिजय सुब्बाको बिचारहरु सुनेपछि उहाँहरुकै आग्रहमा नेपाली काङ्ग्रेस पार्टी परित्याग गरी पार्टी प्रवेश गरी क्रियाशिल रहदै संघीय समाजवादी फोरम हुँदै अहिले समाजवादी पार्टीमा आवद्ध छु ।

पार्टीको नीति,निर्देशन अनुसार पदिय दायित्वलाई सत्यनिष्ठाकासाथ निर्वाह गर्ने क्रममा उच्च मुल्यांकन र कदर स्वरुप पार्टीले प्रदान गरेको नगरसमितिको उपाध्यक्ष,क्षेत्रीय ईन्चार्ज,जिल्ला सदस्य,जिल्ला सचिवालय सदस्य,जिल्ला सहसचिव,प्रदेश न.१ को तदर्थ समितिको सल्लाहकार हुँदै पुर्व सैनिक तथा प्रहरी महासंघको केन्द्रिय सचिबको पदिय जिम्मेवारीलाई कुशलतापुर्वक निर्वाह गरिरहेको छु ।

पहिचान सहितको संघीयता जस्तो अहम सैद्धान्तिक धार लिएर जन्मेको संघीय समाजवादी पार्टीलाई ध्वस्त बनाउन प्रतिगामी पहिचान बिरोधि शक्तिहरुले निरन्तर षड्यन्त्र गरिरहेको प्रतिकुल विभिन्न आरोह,अवरोह चिर्दै ३८५ जनसंख्या ओगटेको जनजाती क्लष्टरको पहिचान प्राप्तिको अगुवाइ गर्ने क्रान्तिकारी नेता पुर्व मन्त्री अशोक राई,३२५जनसंख्या ओगटेको मधेसी क्लष्टरको अगुवाइ गर्ने संघीयताको प्रवर्तक क्रान्तिकारी नेता पुर्व उपप्रधानमन्त्री उपेन्द्र यादव र ३०५ जनसंख्या ओगटेको खस आर्य क्लष्टरको अगुवाइ गर्ने सुशासन र समृद्धिको प्रवर्तक २१औ शताब्दीको महान बौद्धिक क्रान्तिकारी नेता पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई समेतको नेतृत्वमा अबको नेपाली क्रान्तिका कार्यभार पुरा गर्ने दायित्वसहित तिनैजना लाई तिनवटै क्लष्टरको हक,अधिकारको सुनिस्चितता गर्ने ऐतिहासिक जिम्मेवारीलाई दृढ़ संकल्पसाथ पहिचान सहितको समुन्नत संघीय समाजवाद मुल एजेन्डा बोकेको समाजवादी पार्टीको सैद्धान्तिक बिचारप्रती नेपाली जनताको जादुमय ढंगले आकर्षण बढीरहेको कारण अपरिहार्यता फराकिलो हुँदै गएको छ,जसको कारण एकात्मक चिन्तन बोकेका भ्रष्ट सामन्तीहरु आत्तिएका छन ।

मुलत मलाई समाजवादी पार्टीमा प्रवेश गर्न प्रेरित र सङ्गठन निर्माणमा सधै सहकार्य गर्ने मेरा अत्यन्तै निकटतम साथीहरू डा.बिजय सुब्बा,आजम्बर काम्बाङ्ग,रिजवन अन्सारी,बिश्वदिप लिङ्गदेन,रामप्रसाद रिजाल,देवेन्द्र राई,सुमन शर्मा जमरकट्टेल र ईन्द्र श्रेष्ठ लगायतका साथीहरू समाजवादी पार्टी परित्याग गरेर तितरबितर हुनुभएको छ, । उहाँहरुसङ्ग पार्टी परित्याग गर्नुको कारण बारेमा बुझ्दा ति साथीहरूको भनाईलाई सेयर गर्न सान्दर्भिक ठानेको छु, । कोहिकोहिले अशोक राईको कारण,कोहीले उपेन्द्र यादवको कारण र कोहीले डा.बाबुराम भट्टराईको कारण पार्टी छोडेको भनेर प्रतिक्रिया दिनुभएको छ । ,ति सबैले आफु अध्यक्ष र वरिष्ठ नेता हुन खोजेको र चाहेको होईन तर समाजवादी पार्टी कमिटी पद्धति अनुरुप संचालन गर्ने भनिएपनी एकात्मकवादी चरीत्र लाद्न खोजेको,काङ्ग्रेस र नेकपा भन्दा फरक हुन नसकेको अवस्थामा कसरी समाजवादमा पुग्न सकिन्छ भन्ने भनाई रहेको, नेतृत्वहरु अराजक गुटबन्दीको घेराभित्र रहेको इत्यादी भनाईहरु भनेको पाइयो ।

के साच्चिकै समाजवादी पार्टी निरंकुश र सामन्ती कार्यशैलीबाट मुक्त हुन नसकेकै हो? के शिर्ष नेतृत्व बीच अस्वस्थ प्रतिस्पर्धा नै कारक हो त? पार्टी समायोजनको चरणमा नै केहि अस्वाभाविक अप्ठ्यारो स्थिति पनि व्यहोर्नुपर्दछ,तर कहिँ न कहिँ शिर्ष नेतृत्वहरु चुकेकै हो त? यस् बारेमा शिर्ष नेतृत्व बीच कुनै असमझदारी वा अन्यौल छ भने एकठाउमा बसेर समिक्षा,बिष्लेषण ,आत्मालोचना र चिन्तन,मनन गर्नु जरुरी छ,अहिले हामी घर निर्माणको जग बसाल्ने कार्य गर्दैछौ, हामी कस्तो घर निर्माण गर्दैछा ैं,अर्थात हामी कस्तो पार्टी निर्माण गर्दछौं भन्ने कुरा कार्यशैलीले पुष्टि गर्दैछ, । यसको लागि सर्वप्रथम शिर्ष ३ जना नेतृत्वले पार्टी बनाउन सत्यनिष्ठाको साथ त्याग गर्नु सक्नुपर्यो,पार्टी एकताको बेला र्निमाण गरिएको मापदण्ड र अवधारणाको स्पिरिट अनुसार समायोजन गर्ने,एकब्याक्ती,एक पद लागु गर्ने र कमिटी पद्धति अनुसार पार्टी संचालन गर्ने हो भने हामीले संकल्प गरेको समुन्नत संघीय समाजवाद प्राप्तिको लक्ष्यभेदन गर्न सफल हुने निस्चित छ ।

अहिले कोरोना भाईरस संक्रमणबाट बिश्व नै आतंकित भइरहेको र यो संक्रमणले भेट्यो कि,कोहिपनी बाच्दैन, किनकि नेपालमा कोरोना भाईरस संक्रमणको उपचार,र औषधिको पर्याप्त व्यवस्था भएको छैन,तसर्थ जोखिम मोल्नु भन्दा पार्टीले अघि सारेको विसु अभियान लगायत सबैखाले कार्यक्रमलाई स्थगित गरेर समाजवादी पार्टीको सबै नेता तथा कार्यकर्ताहरुलाई सुरक्षित राख्ने भनेको घरभित्रै बसेर सावधानी अपनाउने कार्य नै एकमात्र विकल्प भएकोले पार्टीले तदनुरुप निर्णय गरी मातहत सबै निकायलाई सर्कुलर जारी गर्न सबैको ध्यानाकर्षण गर्न चाहान्छु ।

जय मातृभुमी

सोमबार, २६ फागुन, २०७६, बिहानको ०९:४४ बजे

सम्बन्धित खवर