आजबाट झापाका अधिकांश व्यावसाय खूल्ला : जोखिम बढ्नेमा चिन्ता

दमक / झापालाई कोरोना संक्रमणको उच्च जोखिम भएको जिल्लाको रुपमा लिईएको भएपनि आज बाट लकडाउनलाई खुकुलो बनाउने र अधिकाँश ब्यावसाय तथा   सवारी साधनहरु सञ्चालन हुन पाउने भएछन् । यसले लकडाउन नाम मात्रैको हुने देखिएको छ ।  आज बाट जिल्ला पूर्वावत नियमित अवस्थामा जिल्ला फर्कने छ ।

कोरोना संक्रमण रोकथाम, तथा  नियन्त्रण   जिल्ला समन्वय समिति झापाको हिजोको  बैैठकले खाद्यन्न, मल, बिउ विजन, हार्डवेयर, ईटा बिक्री केन्द्रहरु, बैंक तथा बित्तिय सस्थाहरु, ग्यारेज तथा मोटरपार्ट पसलहरु विहान ८ बजेदेखि दिउसो १२ बजेसम्म खोल्न दिने निर्णय भएको हो । हिजो सो समितिले जिल्लाका उद्योगी, ब्यावसयी तथा सरोकारवाला हरुसँगको छलफलपछि यस्तो निमार्ण गरेकोे हो।

यसले अधिकाँश बजार खुल्ने निश्चित बनेको छ । यसभन्दा अघि खाद्यन्नमात्र यहि समयका लागि खुला गरिएको भनिएपनि अधिकाँश समय खुला हुदै आएका थिए । विकास निर्माण तथा अधिकाँश उद्योग एवं कारखाना खुला गरिएपछि परिचयपत्र लगाएर सवारी साधन कुदाउन पाउने भनिएको छ ।

कोरोना जाँचको दायरा नबढेको र अहिले जाँच नै नभएको यो अवस्थामा लकडाउन खुकुलो बनाउदै लैजादा जोखिम हुने चिन्ता पनि बढ्दै गएको छ । जिल्लाभर निर्वाध रुपमा सवारी साधन कुद्दा र पसलहरु खुल्दा बाहिरबाट भित्रनेको पहिचान हुन पनि मुश्किल हुने र छीमेकी देश भारततर्फ बाट मान्छेहरु सजिलै भित्रने जोखिम पनि उत्तिकै रहेको छ ।

शनिबार, २७ बैशाख, २०७७, बिहानको ११:०१ बजे

सम्बन्धित खवर