दमकका भूमिहिन भन्छन्– ‘हामीलाई डोजर लगाएर लखेट्ने एमालेलाई भोट दिँदैनौं’

  दमक वडानं ९ मा भोट माग्दै गठबन्धनका उम्मेदवार ।

दमक / दमकका भूमिहिनहरुले एमालेलाई भोट नदिने भएपछि गठबन्धनको सामना गरिरहेको एमाले अझै संकटमा परेको छ । दमकका भूमिहिनहरुले अघिल्लो पटक एमालेलाई भोट दिएर जिताए पनि उल्टै आफुहरुलाई उठीबास गराउन डोजर लगाएर लखेटेको भन्दै यसपटक गठबन्धनलाई जिताउने बताएका छन् ।
आइतवार दमक वडा नम्बर ९ स्थित जितपुर टोलमा रहेका भूमीहिनहरुले गठबन्धनका तर्फबाट नगर प्रमुखका उम्मेदवार रामकुमार थापा र उप प्रमुखका उम्मेदवार रेगिना भट्टराई प्रसाईंंलाई बोलाएर आफ्ना गुनासा सुनाउँदै भूमिहिनहरुको मत गठबन्धनमा खसाल्ने बताए ।
गठबन्धनका नगर प्रमुखका प्रत्यासी थापा, उप प्रमुखकी प्रत्यासी रेगिना सहित वडा नम्बर ९ का वडा अध्यक्षका उम्मेद्वार नरेन्द्र घोर्षाईंसंगै भूमिहिनहरुको समस्या समाधानमा पहल गरिदिन पनि उनीहरुले आग्रह गरेका छन् । उनीहरुले जितपुर टोलका भूमिहिनले यस अघिका निर्वाचनमा एमालेलाई मत दिएकोमा अहिले आफूहरु पछुताउनु परेकाले अब पछुताउनु नपर्ने गरी विवेक पुर्याएर मतदान गर्ने बताए ।
एमाले नेतृत्वको स्थानीय सरकारले दमक ७ बजार लाईनका भूमिहिनलाई सुतेकै बेला आएर डोजर लगाएर लखेटेको घटना स्मरण गर्दै यस पटक आफुहरु गल्ति नदोहो¥याउने बताए । तीनबर्ष सम्म दमकको सुकुम्बासी आयोगको अध्यक्षमा बसेर कुनै काम नगरी तलब भत्ता मात्रै पचाउने व्यक्तिलाई एमालेले उपमेयरमा उम्मेदवार बनाएको आरोप समेत भूमिहिनहरुले लगाएका छन् । उनीहरु भन्छन्– ‘हामीलाई डोजर लगाएर लखेट्ने एमालेलाई भोट दिँदैनौं’ यो पटक हामी सचेत भएका छौं ।
एमाले नेतृत्वको स्थानीय सरकारकै कारण भूमिहिनले जग्गाको स्वामित्व पाउन नसकेको गुनासो उनीहरुको छ । नगरपालिकाभित्र रहेका भूमिहिनको लागत फारम स्थानीय सरकारले जिल्लामा नबुझाएर भूमिहिनमाथि राजनीति गरेको आरोप एमालेलाई छ ।
एमालेले भने आफूहरु भूमिहिनहरुकै पक्षमा भएर भूमिहिनहरुलाई घर बनाएर ब्यवस्थापन गरेको बताउँदै आएको छ । दमकमा गठबन्धनको तर्फबाट राप्रपाका राम थापा मेयर र काँग्रेसकी रेगिना भट्टराई उपमेयरमा उम्मेदवार बनेका छन् भने एमालेको तर्फबाट मेयरमा गीता अधिकारी र उपमेयरमा अम्बिका खनाल उम्मेदवार बनेका छन् ।

 

सोमबार, २६ बैशाख, २०७९, रातीको ०८:०६ बजे

सम्बन्धित खवर